सगरमाथा एक कथा-व्यथा अनेक !

  निनाम लोवात्ती
91 Shares

विसं २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाण्डौं उपत्यका लगायत केही ठाउँमा केही सेन्टीमिटर भए पनि उचाई बढेको पाईएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग उठ्यो । त्यसैले लगभग साढे दुई वर्षअघि नेपाल सरकारले चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउन भनी तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमिव्यवस्था मन्त्रालय) अन्तर्गत रहेको नापी विभागलाई कार्यादेश र जिम्मा दिएको थियो । तर, कोरोना महामारी लगायतका अन्य कारणले गएको मंसिर २३ (एक वर्ष दुई महिनापछि) मा मात्रै ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाईको घोषणा नेपाल सरकार र चीन सरकारले संयुक्त रुपमा गरेको थियो । सो घोषणाअनुसार ‘चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई आठ हजार आठसय ४८.८६ सेन्टीमिटर कायम रहेको छ । त्यसअघि नेपाल सरकारले आठ हजार आठसय ४८ मिटरलाई सगरमाथाको आधिकारिक उचाई मान्दै आएको थियो भने, चीन सरकारलेचाहिँ आठ हजार आठसय ४४.४३ सेन्टीमिटरलाई आधिकारिक उचाई मान्दै आएको थियो । त्यस्तै अमेरिका, इटली, फ्रान्स आदि देशहरुले भने, सगरमाथाको उचाई आठ हजार आठसय ५० मिटर रहेको भन्दै आएको थियो ।

यो लेखमा थोरै सगरमाथाको नामबारे, थोरै सगरमाथाको आरोहणको इतिहासबारे (मैले जानेसम्म बुझेसम्म) र थोरै सगरमाथाको उचाईबारे पनि लेख्ने प्रयास गरेको छु । सगरमाथाको नाम ऊ वेला ‘एभरेस्ट’ अथवा ‘सगरमाथा’ भनी राखिनुअघि सो हिमालको नामहरु अनेक अड्कल गरिएका थिए भन्ने भनाइ रहेको छ । जस्तै ‘देवढुंगो÷देवढुंगा’, ‘भैरवनाथ’, ‘गौरीशंकर’, ‘चरी लमेनी’, ‘मितीगुती’, ‘चापोलुङमा’, ‘थर्ड-पोल’, ‘द गडेस मदर अफ द अर्थ’, ‘मदर गडेस अफ द स्काई’, ‘झोमोलुङमा’, ‘भ्mयामोलोङमा’, ‘धरतीकी देवी’, ‘चोमो काङकार’, ‘चोमो लुुङमो’, ‘पिक एक्स भी, ‘१५ औं चुली’, ‘स्वर्ग-माथा !’ ‘कुम्भकरण लङगुर !’, ‘नौबन्धन !’ लगायत डेढ दर्जनभन्दा बढी नामहरु अड्कल गरिएका थिए । तर, पछि गौरीशंकर, मेलुङत्से लगायत अन्य हिमालहरु अलग्गै पत्ता लागेपछि सगरमाथाको नाम ‘गौरीशंकर’ होइन भन्ने पक्का भयो । त्यसो त अभैm पनि पर्वतारोहण क्षेत्रमा लागेका विभिन्न देशका पर्वतारोहीहरु र सगरमाथालगायत विश्वका विभिन्न हिमालबारे किताब लेख्ने, फिल्म बनाउने, डकुमेन्ट्री बनाउने, स्वदेशी तथा विदेशी लेखक, खोज तथा अनुसन्धानकर्ताहरु (धेरै जसो विदेशी लेखकहरुले) ले एभरेस्ट नामपछि ‘चोमोलुङमा’ नाम नै लेखेको÷बोलेको÷उच्चारहण गर्ने गरेको देखिन्छ ।

त्यसो त सन् १८५६÷५७ (विसं १९१४÷१५) मा मात्रै बेलायती नागरिक जर्ज एभरेस्टको सम्मानमा ‘चोमोलुङमा’ को नयाँ नाम –‘माउन्ट एभरेस्ट’ राख्ने निणैय गरिएको हो । स्मरणीय छ, सो वेला सर जर्ज एभरेस्ट आप्mनो सेवा अवधी सकेर पनि बेलायतको इङल्यान्ड राज्यमा ‘रिटायर लाइफ’ बिताई रहेका थिए । स्मरणीय छ, जर्ज एभरेस्टले सन् १८२३–१८४३ सम्म भारतको नाप–नक्सा विभागमा हेड अफ सर्भेका रुपमा काम गरेका थिए । नोटः सगरमाथाको विभिन्न नाममध्ये केही नामहरु ‘टु द थर्ड पोल’ नामक किताबबाट लिईएको हो भने, ‘चोमोलुङमा’को नयाँ नेपाली भाषाको नाम ‘सगर+माथा’ नामचाहिँ, राणा सरकारको पालादेखि खरदार पदमा निजामती कर्मचारीका रुपमा काम गरेका तथा पछि आएर नेपाल सरकारद्धारा ‘इतिहास शिरोमणि’को पदवी दिईएका बाबुराम आचार्यद्धारा प्रस्ताव गरेका÷राखेका हुन् ।

त्यस्तै ‘चोमोलुङमा’को उचाईका सम्बन्धमा पनि सुरु–सुरुमा एक रुपता थिएन । (अहिले पनि छैन !) कहिले आठ हजार आठसय ८८ मिटर, कहिले आठ हजार आठसय ४० मिटर, कहिले आठ हजार आठसय ५० मिटर, कहिले आठ हजार आठसय ७२ मिटर, कहिले आठ हजार आठसय ४४.४३ मिटर, कहिले आठ हजार आठसय ४८ मिटर भनी प्रचारमा ल्याईने गरिन्थ्यो÷गरिन्छ । सगरामाथाको उचाईका सम्बन्त्रमा यस्तो काम बढी जसो युरोप महादेश र उत्तर अमेरिकी महादेशका खोज–अनुसन्धानकर्ता, पर्वतारोहीहरु र लेखकहरुले गर्ने गरेका थिए÷छन् । गएको वर्षसम्म नेपाल सरकारले मान्दै आएको÷मान्यता दिदै आएको उचाई आठ हजार आठसय ४८ मिटर जुन थियो, अब त्यो बदलिएर नयाँ उचाई आठ हजार आठसय ४८.८६ सेन्टीमिटर कायम रहेको छ । स्मरणीय के छ भने, त्यसअघि चीन तर्पmबाट सगरमाथा चढ्ने पर्वतारोहीहरुलाई चीन सरकारले प्रमाणपत्र दिँदा आठ हजार आठसय ४४ मिटरकको प्रमाणपत्र दिने गरेको थियो । जे भए तापनि नेपाल र चीन दुवै देशको ‘भद्र सहमति !’ मा आठ हजार आठसय ४८.८६ मिटर सगरमाथाको नयाँ उचाई कायम भएको छ । यसले गर्दा अबका दिनमा चीन तर्पmबाट सगरमाथाको आरोहण गर्ने आरोहीहरुलाई पनि चीन सरकारले दिने प्रमाणपत्रमा ‘आठ हजार आठसय ४८.८६ मिटर’ नै कायम गर्ने छ भन्ने आशा गर्न सकिन्छ । त्यसो त सर्व प्रथम सन् १८५२ मा सगरमाथाको आधिकारिक उचाई आठ हजार ४० मिटर मानिएको थियो । पछि आएर व्यक्ति–व्यक्ति र पर्वतारोही तथा लेखकपिच्छे एवम् देशपिच्छे सगरमाथाको उचाई अनेक मान्न थालियो । जस्तो ‘वेस्टर म्यान’ भन्ने नक्सामा सगरमाथाको उचाई अहिले पनि आठ हजार ७२ मिटर लेखिएको छ भने, एक पे्रmन्च जोडीले लेखेको किताबमा सगमाथाको उचाई आठ हजार आठसय ४२ मिटर भनी लेखिएको छ ।

यसरी सगरमाथा आरोहण गर्न मानवले प्रयास गरेको मिति सन् १९२१ लाई मान्दा लगभग ३३ वर्षपछि अर्थात् सन् १९५३ मे २९ मा बल्ल सगरमाथाको शिरमा मानव पाइला राख्न सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यु जिल्यान्ड (तत्कालीन बेलायतको मातहत रहेको देश) का एडमण्ड पर्सिभल हिलारीले प्रथम मानवका रुपमा सगरमाथाको शिरमा ‘मानव पाइला’ राख्न सफल भएका थिए । हुन त त्यसअघि पनि सन् १९५१ मा एक सानो बेलायती पर्वतारोही टोली दार्जिलिङ, सन्दकफु (इलाम), ताप्लेजुङ, चैनपुर, दिङला (भोजपुर), तेङबोचे हँुदै नेपाल तर्पmबाट सगरमाथा चढ्न गएका थिए । तर, सो टोलीले पनि विगतका पर्वतारोही दलले जस्तै सफलता पाउन सकेनन् । त्यस्तै फेरि सन् १९५२ मा अर्को एक स्वीस टोलीले पनि नेपालतर्पm बाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरेका थिए, उनीहरु वर्षात् अघिको प्रयासमा आठ हजार पाँचसय ९५ मिटरसम्म र वर्षात्पछिको प्रयासमा आठ हजार १६ मिटरको उचाईसम्म पुग्न सफल भए । विश्व पर्वतारोहण इतिहासमा संभवतः सगरमाथाको त्यो उचाईसम्म पुग्ने पहिलो टोली त्यही स्वीस पर्वतारोहीहरु टोलीलाई नै मान्नुपर्ने हुन्छ, अर्को प्रमाण वा इतिहास नभेटेसम्म ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार