सामाजिक विकास मन्त्री यादवद्धारा खोप केन्द्रको अनुगमन

  सगरमाथा अनलाईन
98 Shares

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले विराटनगरका वडाहरुमा सञ्चालित खोप केन्द्रहरुको अनुगमन गरेका छन् ।

कोभिड १९ विरुद्धको खोप सञ्चालन भईरहेका वडाहरुमा पुगेर मन्त्री यादवले खोप केन्द्रहरुको अनुगमन गर्नु भएको स्वकीय सचिव देवेन्द्रप्रसाद यादवले जानकारी दिए ।

मन्त्री यादवले विराटनगरका १३, १४, १७ र १८ नम्वर वडाका खोप केन्द्रहरुमा पुगेर अनुगमन गरेका थिए । उहाँले लक्षित वर्गहरुले खोप पाए÷नपाएको अवस्थाबारे खोप केन्द्रका स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो । उहाँले लक्षित वर्गहरुबाट खोप नपाएको भन्ने गुनासो नआउने गरि काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो,‘ खोप केन्द्रमा आएका कुनैपनि व्यक्ति खोप नपाएर फर्कनु नपरोस् ।’ मन्त्री यादवले स्वास्थ्य मापदण्ड पालना गरि खोप लगाउन र अनावस्यक भीडभाड नगर्न आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो,‘ कसैको निर्देशनमा भन्दा पनि खोप केन्द्रमा आएका व्यक्तिहरुलाई पालैपालो खोप लगादिनुहोस् ।’

खोप केन्द्रमा आएका व्यक्तिहरुलाई मन्त्री यादवले कुनै गुनासो भए तुरुन्त आफुलाई जानकारी गराउन पनि आग्रह गर्नुभयो । उहाँले आज अनुगमन गर्नु भएका ४ वडाका खोप केन्द्रमा आएका स्थानीयवासी र स्वास्थ्यकर्मीहरुसँग जानकारी लिनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार