प्रदेश १ मा १०१६ जनामा कोरोना संक्रमण

  सगरमाथा अनलाईन
77 Shares

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १६ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ४ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ६ सय ९० र ९ सय ५ जनाको एन्टिजेन परीक्षण गर्दा ३ सय २६ जनामा कोरोना संक्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ३०२, सुनसरीमा २०७, झापामा १२८, धनकुटामा ८, तेहृथुममा ७, इलाममा ४, उदयपुरमा ३, संखुवासभामा २, भोजपुरमा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको हो ।

मोरङको विराटनगरमा २४५, सुन्दरहरैचामा १७, बेलबारीमा ८, बुढीगंगा र उर्लाबारीमा ५-५, कटहरी र स्थानीय तह नखुलेका ४-४, लेटाङ, कानेपोखरी, केराबारी, रतुवामाई र रंगेलीमा २-२, ग्रामथान, मिक्लाजुङ, जहदा र धनपालथानमा १-१, सुनसरीको धरानमा ११३, इटहरीमा ५२, इनरुवामा ९, दुहवीमा ७, रामधुनीमा ६, हरिनगर, देवानगञ्ज र गढीमा ३-३, बर्जु, बराहक्षेत्र र कोशी गाउँपालिकामा २-२ र स्थानीय तह नखुलेका ५, झापाको विर्तामोडमा ३१, भद्रपुरमा १९, कनकाईमा १५, अर्जुनधारामा १४, मेचीनगरमा १२, दमकमा ११, बुद्धशान्तिमा ८, शिवसताक्षीमा ६, गौरादह, कमल गाउँपालिका र स्थानीय तह नखुलेका ३-३, बाहृदशी, कचनकवल र झापा गाउँपालिकामा १-१, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिबास, साँघुरीगढी र स्थानीय तह नखुलेका १-१, तेहृथुमको म्याङलुङमा ५, लालीगुराँस र स्थानीय तह नखुलेका १-१, इलामको चुलाचुलीमा २, इलाम नगरपालिका र देउमाईमा १-१, उदयपुरको त्रियुगा, रौतामाई र स्थानीय तह नखुलेका १-१, संखुवासभाको खाँदबारी र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा १ र प्रदेश १ बाहिरका २८ जनामा कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज ३२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा १५२ महिला र १७० पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या ६ हजार ८२१ रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार