नुरु छेपालको समन्वयमा ५८ परिवारलाई राहत वितरण

Facebook Debugger

काठमाडौं । नुरु छेपाल शेर्पाको समन्वयमा ५८ परिवारलाई राहत वितरण गरिएको छ ।

सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका ७ थल्लेरी स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका समाजसेवी फुरी शेर्पा, तेञ्जी शेर्पा र छेवाङ शेर्पाले राहत वितरणका लागि आर्थिक सहयोग गरेका थिए । त्यसैगरी साल्मे स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका फुर्वा शेर्पा र वडा नं. ६ मेराङ गङतोक स्थायी ठेगाना भई हाल अमेरिकामा रहेका कामी लामाको आर्थिक सहयोग तथा नुरुछेपाल शेर्पाको समन्वयमा लकडाउनका कारण काठमाडौंमा अति समस्यामा परेका दैनिक ज्यादारी र मजदुरहरुलाई राहत वितरण गरिएको हो ।

राहत स्वरुप प्रति परिवार चामल, दाल, तेल, चिनी र नुन वितरण गरिएको नुरुछेपाल शेर्पाले बताए । लकडाउन लम्बिदै जाँदा दैनिक ज्यालादारी र मजदुरहरुको बिहान बेलुकीको हातमुख जोड्नै नपाएकाहरुलाई राहत वितरण गरिएको बताइएको छ ।

विदेशी भूमिमा रहेर पनि नेपाल र नेपालीको दुःखमा साथ दिएकोमा शेर्पा परिवारलाई मजदुरहरुले धन्यवाद दिएका छन् । यस्तो संकटको बेला दैनिक उपभोग्य वस्तु पाएकोमा मजदुरहरु खुशी भएका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार