थुलुङ दुधकोशीमा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ ।

गाउँपालिका अध्यक्ष असिम राईले सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरेका हुन् । ३२ रोपनी जग्गामा निर्माण शुरु भएको खेलग्राममा इन्डोर र आउटडोर अन्तर्गतका सबै खेलहरु सहज रुपमा खेल्न सकिने अध्यक्ष राईले बताए ।

सुविधा सम्पन्न खेलग्राम १६ करोड ९७ लाख १५ हजार ७ सय ७६ रुपीयाँको लागतमा निर्माण कार्य शुरु भएको हो । युवा तथा खेलकुद मन्त्रालयबाट एक स्थानीय तह एक खेलग्राम योजना अन्तर्गत गाउँपालिकामा योजना शुरु भएको हो ।

चालु आर्थिक वर्षको असोजमा मन्त्रालयले सूचना प्रकाशित गरि खेलग्रामको लागि जग्गा सहितको कार्ययोजना माग गरेको थियो । जसमा सोलुखुम्बु जिल्लाबाट थुलुङ दुधकोशी गाउँपालिकाले मात्रै समयभित्र कार्ययोजना बुझाएको मन्त्रालयका अधिकारीले जानकारी दिए ।

‘हामीसँग स्वास्थ्यका लागि सुविधा सम्पन्न ५० शैय्याको अस्पताल भवन निर्माण भैरहेको छ । शिक्षाको लागि गाउँपालिकाभित्रका प्रायः सबै विद्यालयमा राम्रै भवनहरु छन्,’ अध्यक्ष राईले भने, ‘अब खेलकुदको लागि पनि गाउँपालिकाले सुविधा सम्पन्न भवनका लागि आजबाट काम शुरु भएको छ । यसमा मन्त्रालयबाट योजना पार्न सहयोग गरिदिनु हुने प्रतिनिधिसभा सदस्य माननीय हेम कुमार राईज्युलाई धन्यवाद दिन चाहन्छु ।’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार