थप १६६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १५६७ पुग्यो !

Facebook Debugger

काठमाडौँ । नेपालमा आइतबार थप १ सय ६६ जनामा कोरोना भाइरस (कोभिड-१९) पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सह प्रवत्ता डा. समिरकुमार अधिकारीका अनुसार योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या १ हजार ५ सय ६७ पुगेको छ । यीमध्ये ८ जनाको मृत्यु भइसकेको छ ।

सहप्रवत्ता डा. अधिकारीका अनुसार २ सय २० जना उपचारपछि निको भएर घर फर्किएका छन् । उपचारपछि घर फर्किनेहरुमा १ सय ७२ जना पुरुष र ४८ जना महिला रहेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार