यायोक्खाको बैठकले गर्यो लिम्पियाधुरा र रुकुमपश्चिम घट्नामा एकजुट भएर लाग्ने निर्णय

Facebook Debugger

मोरङ । किरात राई यायोक्खा केन्द्रीय समितिको बैठकमा भारतद्वारा अतिक्रमित नेपाली भूमी लिम्पियाधुरा र हालै भर्को रुकुमपश्चिम घट्ना बारे व्यापक छलफल भएको छ ।

यायोक्खा केन्द्रीय अध्यक्ष दिवस राईको अध्यक्षतामा बसेको भर्चुअल बैठकमा यी प्रस्तावहरु माथि छलफल भएको हो । बैठकले नेपाल सरकारले भर्खरै सार्वजनिक गरेको नक्साको स्वागत गर्दै नेपाली भूमिबाट भारतीय सेना हटाउन प्रभावकारी कुटनीतिक पहल गर्न आग्रह गर्ने निर्णय भएको यायोक्खा महासचिव जनक राईले बताए ।

विवाहको लागि केटी लिन गएको दलित युवाको टोलिलाई ५ जनाको ज्यान जाने गरि रुकुमपश्चिममा भएको आक्रमणको विरोध गर्दै दोषीलाई कडा कारबाही गर्न माग गर्ने प्रस्ताव पारित भएको केन्द्रीय सचिव समेत रहेका प्रचार विभाग प्रमुख अर्जुन जम्नेली राईले बताए ।

यायोक्खा बैठकले शिक्षा मन्त्रालयले कक्षा–१ देखि ल्याउने तयारी गरेको संस्कृत भाषा ब्यबहारिक, बैज्ञानिक नभएको ठहर गरेको छ । चलन चल्तिमा आइरहेको राई समुदायले प्रयोग गर्ने भाषाहरु स्थानीय विध्यालयहरुमा पठनपाठनको लागि सबै तहका पदाधिकारी सदस्यहरु क्रियाशील हुने निर्णय भएको छ । पाठ्यक्रम बिकास केन्द्रले हालसम्म छ वटामात्र भाषाको पाठ्यक्रम निर्माण गरेकोमा समुदायमा प्रयोगहुने सबै भाषाको पाठ्यक्रम र पुस्तक प्रकाशन गर्न पहल गर्ने निर्णय भएको छ ।

नेपालको जनगणना २०६८ मा जातिको महलमा राई, भाषाको महलमा आ–आफ्नो भाषा र धर्मको महलमा किरात लेखाउन बेलैदेखी जनचेतना अभियान चलाउने निर्णय भएको यायोक्खा उपाध्यक्ष जीवन हाताचो राईले बताए ।

प्रदेश १ को नाम किरात राख्न निरन्तर लाग्ने, रानाथारुलाई भर्खरै आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेर सरकारले आदिवासीलाई विभाजन गराइरहेको प्रती सचेत हुनुपर्ने लगायतको प्रस्तावहरुमा छलफल तथा निर्णय भएको सो संगठनले जनाएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार