स्वास्थ्य सामग्री आफै लिएर जिल्ला आए प्रदेश सांसद राजभण्डारी

Facebook Debugger

सोलुखुम्बु । प्रदेश नं. १ का सांसद बुद्धिकुमार राजभण्डारी स्वास्थ्य सामग्री लिएर गृह जिल्ला आईपुगेका छन् ।

प्रदेश १ सरकारले सोलुखुम्बु जिल्लाका लागि दिएको स्वास्थ्य सामग्री लिएर सांसद राजभण्डारी गृह जिल्ला आईपुगेका हुन् । सामाजिक विकास मन्त्रालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र विराटनगरले सोलुखुम्बुलाई उपलब्ध गराएको स्वास्थ्य सामग्री सांसद राजभण्डारीले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुलाई हस्तान्तरण गरेका छन् ।

पिपिइ गाउन २ सय सेट, एन ९५ मास्क १ सय थान, आइ.आर. थर्मोमिटर १० थान, सर्जिकल मास्क २ हजार थान स्वास्थ्य सामग्री वितरण गरिएको छ । साथै फेस सिल्ड, गमबुट, सु कभर, सर्जिकल क्याप, ह्याण्ड स्यानिटाइजर, पिपिइ फुल सेट पनि रहेको छ ।

प्रदेश सांसद तथा प्रमुख सचेतक राजभण्डारीले जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । कार्यक्रममा खकुरेलले प्राप्त स्वास्थ्य सामग्री सोलुखुम्बुका लागि अत्यन्तै आवश्यकीय र महत्वपूर्ण भएको बताएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार