सगरमाथा जोड्ने सडकको नाम ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’

Facebook Debugger

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा जाने सडकको नाम ‘ङिमदोर्जी शेर्पा पर्यटन सडक’ नामाकरण गरिएको छ ।

खुम्बुपासाङल्हामु गाउँपालिकाको वडा नं. १ खरिखोलादेखि गाउँपालिका केन्द्र रहेको नाचिपाङसम्मको सडकलाई गाउँपालिका अध्यक्ष शेर्पाको नामबाट सडकको नामाकरण गरिएको प्रवक्ता ल्हाक्पाछिरी शेर्पाले बताए । आइतबार बसेको गाउँकार्यपालिका बैठकले अध्यक्ष शेर्पाको नाममा सडकको नाम राख्ने निर्णय गरेको हो ।

सगरमाथा क्षेत्र जोड्ने लाईफ लाईनको रुपमा रहेको दुधकोशी ओर्लाङघाटको मोटरेबल मितेरी पुल, गाउँपालिका केन्द्र जोड्ने सडक लगायत खुम्बु क्षेत्रको विकासको लागि अध्यक्ष शेर्पाले गरेको योगदानको उच्च सम्मान गर्दै सडको नाम अध्यक्षकै नाममा राखिएको प्रवक्ता शेर्पाले बताए । खरिखोलादेखि गाउँपालिका केन्द्रसम्म सडकको दूरी ५० किलोमिटर रहेको छ ।

स्थानीय तहको पहिलो निर्वाचनमा अध्यक्ष शेर्पाकै कारण तत्कालिन नेकपा एमालेले खुम्बुपासाङल्हामु गाउँपालिकामा क्लिन स्वीप गरेको थियो । खुम्बु क्षेत्रमा उम्दा युवा नेताको रुपमा छबि बनाएका अध्यक्ष शेर्पाको खुम्बुबासीले जनप्रिय नेतृत्वको रुपमा हेरेको बताएका छन् ।

शेर्पाले राजनीति जीवनसँगै खुम्बु क्षेत्रमा लामो समयसम्म सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र चौंरीखर्कको नेतृत्व सम्हालेका थिए । नेपालको स्थानीय तहमा गाउँपालिकामध्ये सबैभन्दा बढि पर्यटन क्षेत्रमा राजस्व संकलन गर्ने सूचीमा खुम्बुपासाङल्हामु पहिलो नम्बरमा पर्छ । अध्यक्ष शेर्पाकै सक्रियतामा प्रति पर्यटक २ हजार रुपीयाँ राजस्व संकलन गरिदै आएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार