आजको राशिफल : २०७७ जेठ १९ गते

Facebook Debugger

आज वि.सं. २०७७ जेठ १९ गते सोमवार । तदनुसार इ.स. २०२० जुन १ तारिख । नेपाल संवत ११४० तछलाथ्व । ज्येष्ठ शुक्लपक्ष। दशमी, १२ः२४ उप्रान्त एकादशी ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

हिम्मत गर्दा जटिल काम समेत सम्पादन हुनेछ । पुरुषार्थद्वारा प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ । पहिले दुश्मनी गर्नेहरूले पनि मित्रताका हात अघि बढाउनेछन् । अवसरवादीहरूबाट अलि सजग रहनुहोला । मिहिनेत गर्दा अप्ठ्यारो काम समेत सम्पादन हुनेछ । काम पूरा नभए पनि आंशिक लाभ अवश्य हुनेछ । प्रतिस्पर्धाले नयाँ अवसर दिलाउन सक्छ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उत्साह जाग्नेछ । सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ । पढाइको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । लेखन कलामा पनि निखारता आउनेछ । प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ हुनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

परिस्थितिअनुसार चल्न नसक्ता दुस्ख पाइनेछ । विश्वासपात्रबाट धोका हुन सक्छ, सजग रहनुहोला । निर्णय लिएर पनि शंका गर्ने बानीले पछि परिनेछ । महत्त्वाकांक्षी योजना कार्यान्वयनमा आफ्नैले बाधा पुर्याउन सक्छन् । बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्नेछ । अरूको फाइदाका लागि उपयोग भइने सम्भावना छ । मान्यजनको मन जित्ने प्रयत्न गर्नुहोला ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

चिताएको काममा सोचेजस्तै सफलता मिल्नेछ । दाजुभाइमा आत्मीयता बढ्नेछ भने प्रेम र मित्रताको बन्धनसमेत कसिलो हुनेछ । व्यवसायको लगानीले मनग्गे धनलाभ हुनेछ । पहिलेको उपलब्धिले पनि उत्साह जगाउनेछ । आलस्य त्यागेर मिहिनेत गर्नुपर्ने समय छ । प्रतिस्पर्धीहरूले समेत सहयोगका हात फैलाउनेछन् । नयाँ काम प्रारम्भ गर्ने समय छ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुन सक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिन सक्छन् । अर्थ अभावले काम रोकिने सम्भावना छ । परिस्थितिवश सामान्य काममा अलमल बढ्नेछ । पहिलेका कमजोरी सच्याउन काम दोहोर्याउनुपर्ला । आलोचकहरूबाट जोगिएर काम लिनुपर्ने समय छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

आवेशको निर्णयले समस्या निम्त्याउने हुँदा आत्मसम्मानका लागि मौन रहनुपर्ला । बलजफ्तीले लक्ष्यमा पुग्न समस्या पर्नेछ । बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला । भावना बुझ्न नसक्दा शुभचिन्तकहरू टाढिन सक्छन् । ठूलो आशा देखाउनेहरूबाट सावधान रहनुहोला । बोली व्यहारमा संयम रहँदै गरिएको युक्तिपूर्ण व्यवहारले मात्र फाइदा दिलाउनेछ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

आकस्मिक खर्चले अर्थ अभाव देखापर्न सक्छ । आफन्तजनबाट टाढिनुपर्ला । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । लाभप्रद कामले लोभ्याए पनि फजुल खर्च हुन सक्छ । अवसरका लागि कडा परिश्रम गर्नुपर्ला । टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्नेछ । छर–छिमेकमा असमझदारी देखिनेछ भने बेसुरको काममा अलमलिनुपर्ला ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

नियमित काम सम्पादन गर्न सकिनेछ । आयआर्जनका विविध स्रोत फेला पर्नेछन् । तर श्रमको उचित मूल्यांकन भए पनि प्रतिफलका लागि समय पर्खनुपर्नेछ । आँटेको कामको लगानी अरूका लागि खर्च हुन सक्छ । सरसापटमा धन बाहिरिने सम्भावना छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ । प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन् ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ । मिहिनेत गर्दा कीर्तिमानी काम सम्पादन हुनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ । टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ । भाग्यले विभिन्न अवसर थमाउनेछ । अध्यात्मभाव जागृत हुनाले परोपकारमा मन जानेछ । धेरैले कामको तारिफ गर्नेछन् । शुभचिन्तकहरूले साथ दिनाले पहिलेको चुनौती समाप्त होला । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ । कामको चाप बढ्नेछ भने वादविवादले मन खिन्न तुल्याउनेछ । स्वास्थ्यका लागि व्यायाम र खानपानमा ध्यान पुर्याउनुहोला । गोपनीयता बाहिरिनाले समस्या पर्ला । बाध्यात्मक परिस्थितिले सताउन सक्छ । समस्या दर्साउँदा सहयोगीहरूको समेत साथ प्राप्त हुनेछ । धेरै सक्रियता स्वास्थ्यका लागि बाधक बन्न सक्छ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

परिवारजनको साथले नयाँ आशा जगाउनेछ । मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । कामको चापबाट फुर्सद पाइनेछ । सहयोगीहरूले राम्रो साथ दिनाले चिताएका काम सम्पादन हुनेछन् । गरिएका कर्मको छोटो समयमै उचित प्रतिफल पाइनेछ । विशेष उपहार हातलागी होला । व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार