धादिङकी महिलाले एकै पटक ३ शिशु जन्माएपछि…

Facebook Debugger

काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा धादिङकी एक महिलाले तिम्ल्याहा शिशु जन्माएकी छन् ।

अस्पतालका अनुसार धादिङकी २६ वर्षीया सविता तामाङले ३ छोरी जन्माएकी हुन् । पहिलोपटक सुत्केरी भएकी तामाङले गर्भ रहेको ८ महिना ६ दिन अर्थात् २ सय ४६ का दिन सिजेरियन विधिबाट ३ शिशु जन्माएकी हुन् । तीनै बच्चा स्वस्थ छन् ।

चिकित्सकका अनुसार उनले गत वैशाख २० गते राति १०.५४ मिनेटमा पहिलो, १०ः५५ मा दोस्रो र १०ः५६ मा तेस्रो शिशु जन्माएकी हुन् ।

जन्मिएका बेला पहिलो शिशुको तौल १००० ग्राम, दोस्रोको १२५० ग्राम र तेस्रो शिशुको तौल १७०० ग्राम थियो ।

पहिलो र दोस्रोको तुलनामा तौल बढी भएको र स्वास्थ्यमा कुनै समस्या नभएपछि तेस्रो शिशुलाई सुरुदेखि नै सुपरीवेक्षण वार्डमा राखिएको थियो । उसलाई ७ दिनपछि आमासँगै नियमित स्तनपान गराइएको थियो भने पहिलो र दोस्रो शिशुलाई २८ औं दिनमा आमाको साथमा राखियो ।

तौल कम भएका र सास फेर्न अप्ठेरो भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिएको शिशुका फोक्सोलगायत अन्य अंग विकास भयो । स्वास्थ्य सामान्य भएपछि २८ औं दिन सोमबार डिस्चार्ज गरिएको प्रसूति गृहका डाक्टरले जानकारी दिए । अहिले तीनै शिशु आमाको दुध राम्रोसँग चुस्न सक्ने भएका छन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार