राम मन्दिर हैन बुद्ध विहार

Facebook Debugger

नगेन चाम्लिङ । सयौं वर्षदेखि भारतमा पटक-पटक हिन्दु र मुसलमान पक्षविच विवाद तथा विध्वंश मच्चाई आएको बाबरी-राम काण्ड कोभिड रोग माहामारीकै बेला फेरी बल्झिएको छ । तर अहिलेको बिवाद भने हिन्दु मुस्लिमबीच नभएर बुद्धिष्ट र हिन्दुविच सुरु भएको हो ।

लकडाउनको मौकामा राम मन्दिर निर्माणका लागि मेसिनले जमिन खन्नेक्रममा भारतीय चक्रवर्ती मौर्य राजा अशोकले छाडेको बुद्धका अवसेसहरु फेलापर्नथालेपछि अल्पसंख्यक बुद्धिष्ट पक्षहरुले मन्दिर निर्माण कार्य तुरुन्त बन्द गर्न माग गरेका छन् । यदि सरकारले निर्माण कार्य बन्द नगरे अदालतमा गएर काम रोक्न लगाउने बताएका छन् । बुद्धिष्ट सोसाईटी अफ ईण्डियाका केन्द्रिय अध्यक्ष राजरत्न अम्बेडकरले आफुहरु अदालतमा गएर काम रोकाउने बताएका हुन् । साथै बहुजन पिछडा वर्ग संगठनका अध्यक्ष बामन मेश्राम, अल ईण्डिया भिक्षु महासभाका अध्यक्ष भदन्त आनन्द, भारत मुक्ति मोर्चाका माहासचिव बिलास खरात लगाय अन्य धेरै भारतिय बिद्वानहरुले सबै बुद्धको प्रमाण हुँदाहुँदै पनि रामको मंदिर निर्माण कार्य जारी राखे माहामारीमानै भएपनि आन्दोलन निस्कन बाध्य हुने बारे सजग गराएका छन् ।

अभियन्ताहरुले भिभिन्न संचार माध्यमा मार्फत भनेका छन् की राम जन्मभुमी भनिएको ठाउँ साकेत नगरि हो । साकेत बुद्धिष्टहरुको तत्कालिन केन्द्रिय नगरी थियो । त्यसैले बौद्ध स्तुपा र बौद्ध तथा सम्राट अशोकाको संग्राहलय स्थापना गरिनुपर्ने माग राखेका छन् । उनिहरुको मागलाई अल ईण्डिया मुस्लिम पर्सनल ल बोर्डका प्रवक्ता रहमान सज्जाद नोमानीले पनि साथ दिँदै भनेका छन्, सबै प्रमाणहरु बुद्धका मात्र छन्, त्यसैले मुस्लिम संगठन बुद्धिष्टको पक्षमा छौं । राम मंदिर नबनाएर बुद्धको हुनुपर्ने पक्षमा फाट्टफुट्ट सत्तापक्ष तथा प्रतिपक्षका नेताहरु समेत मिडियामा आउन थालेका छन् । भारतका धेरै ईतिहासकारहरु पहिले देखिनै पुरातत्वले प्रमाणित गरेको बुद्धिष्टको पक्षमा आईसकेका छन् ।

बाबरी-राम-साकेत दंगा ईतिहासका मुख्य दुई चरण

पहिलो चरण

बृटिस ईष्ट-ईडिया सरकार आएको समयमा त्यहाँ रहेको (गुम्बा/भवन) लाई मुसलमानले बावरी मस्जित भनेर पुजाआजा गरिआएका थिए तर हिन्दुहरुले पनि आफ्नो हो भनेर दावी गरिआएका थिए । दावी विरोध विच, बृटिस सरकार रहेकै बेला पहिलो पटक हिन्दु र मुस्लिम विच सन् १८५३ मा दंगा भएको पहिलो ईतिहास छ । दंगा हुँदा हिन्दु पक्षले बावरी भवनको गजुरको भाग तोडिदिएको थियो । बृटिस सरकारले दंगा नियंत्रणमा लिएको छ वर्ष पछि सन् १८५८ मा अदालतले वास्तविकता कसको हो ? भन्ने बारे पत्ता नलागुन्जेलका लागि स्थानिय अदालतले फैसला सुनायो कि मुस्लिमले मस्जित भित्र पुजा गर्ने र बाहिर बाट हिन्दुले पुजा गर्ने । । संगीता तन्वारले क्वाच पत्रिकामा लेख्छिन, हिन्दु र मुस्लिम दुवैको स्वामित्व नआउने सम्भावना भएपछि हिन्दु-मुश्लिमले भित्रभित्रै मिलेर वृटिस सरकारको विरुद्धमा लाग्ने योजना बनाएका थिए । अदालतको निर्णय संगै सरकारले वास्तविकता छानविन गर्न ईन्डियन सर्वे अफ आर्कियोलोजि नामको पुरातत्व विभागै गठन गर्यो (जुन संस्था आज पनि भारत सरकारको मातहतमा रही काम गरिरहेको छ) । अलेक्जन्डर कनिङघमको नेतृत्वमा गठन भएको सर्वेले सन् १८६२-६३ सम्म उत्खनन् गर्दा नत हिन्दुको पक्षमा प्रमाण फेला पर्यो नत मुस्लिमको पक्षमा नै । सवै प्रमाणहरु बुद्ध र चक्रवर्ती राजा आशोक (जो बुद्ध मार्गि थिए) को र साकेत नगरि भएको फेला पारे । तर त्यतिवेला बुद्धिष्टको तर्फबाट दावी गर्ने कोहीपनि थिएनन्, मतलब राजा अशोक (बौद्धमार्गी) को देहान्त पछि बुद्धिष्टको आवाज भारतमा दबाईएको थियो, वृटिस आउनु सयौ वर्ष पहिलेनै । दवीएका बौद्धमार्गिले दावी गर्ने सम्भावना नभएपछि तत्कालिन अदालतले बुद्धिष्टको पक्षमा कुनैपनि फैसला दिएको देखिँदैन् ।

दोश्रो चरण

बृटिसले सन् १९४७ मा भारत छोडेपछि हिन्दु र मुस्लिम विच तनाब ज्यादा बढ्यो । हिन्दुको तर्फबाट कुनैपनि बेला आक्रमण हुने सुईको पाएपछि मुस्लिमहरु बावरी मस्जितमा नियमित उपस्थिति भएनन् । यतिकैमा सन् १९९२ मा राम पक्षको समुहले बाबरी भनिएको मस्जितको गुम्बा लडाईदयो । लाखौंको उपस्थितिमा गुम्बा लडाउने क्रममा २ हजार मानिसले ज्यान गुमाएका थिए । गुम्बा लडाएपछि सन् २००३ मा पुरातत्व विभागले फेरी उत्खनन् गर्यो तर पनि त्यहाँ कुनै हिन्दु सम्बन्धि प्रमाण फेला पारेनन् । त्यतीबेला पनि पिल्लरहरु फेला परे तर ती पिल्लरहरु र अन्य बौद्ध मठहरुमा पाउने पिल्लरको ढाँचा एकै प्रकारका थिए । सवै उत्खननको रिपोर्टले देखाउँछ कि बावरीको गुम्बा ठडिएको जमिनमुनी र आसपास २ दशमलव ७७ एकड जमिनमा कहीँपनि हिन्दुसंग मेल खाने प्रमाण फेला परेनन् । तरपनि भारतको सर्वोच्च अदालतले गत नेभेम्बरमा हिन्दुको पक्षमा फैसला सुनाईदिएको थियो । खासगरी फैसल प्रति तत्कालै चित्त नबुझाएका बुद्धिष्टहरु अहिले भने तातिएका छन् ।

[स्रोत हिन्दुस्तान टाईम्स र अन्य रिपोर्टस्हरुको सहयोगमा ।]

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार