कोरोनाबाट नेपालमा नवौं व्यक्तिको मृत्यु !

Facebook Debugger

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट नेपालमा नवौं व्यक्तिको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृतक दोलखाका ७६ वर्षीय पुरुष हुन् । उनी जेठ १३ गते ह्यामरेज स्ट्रोक भएपछि काठमाडौं मेडिकल कलेज भर्ना भएका थिए र उनको अपरेसन गरिएको थियो । उनको १५ गते कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । र, रिपोर्ट पोजेटिभ आएको छ ।

त्यसपछि त्रिवि शिक्षण अस्पतालमा सारिएका उनको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ । अहिलेसम्म २ हजार ३ सय जनामा संक्रमण पुष्टि भएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार