प्रदेश १ मा २३० जनामा कोरोना संक्रमण

  सगरमाथा अनलाईन

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २३० जनामा कोरोना संक्रमण भएको छ । ५२३ जनाको पीसीआर परीक्षण गर्दा १०४ र ६७० जनाको एन्टिजेन परीक्षण गर्दा १२६ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा २९, झापामा २६, सुनसरीमा २५, इलाममा ५, तेहृथुम, उदयपुर र संखुवासभामा ३-३ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको हो ।

मोरङको विराटनगरमा ९, सुन्दरहरैचा र बेलबारीमा ५-५, पथरीशनिश्चरेमा ३, रतुवामाई, रंगेली, लेटाङ, कानेपोखरी, उर्लाबारी, केराबारी र स्थानीय तह नखुलेका १-१, झापाको विर्तामोडमा ७, भद्रपुरमा ४, मेचीनगर र कमल गाउँपालिकामा ३-३, बाहृदशी र कनकाईमा २-२, अर्जुनधारा, गौरादह, दमक, बुद्धशान्ति र झापा गाउँपालिकामा १-१, सुनसरीको धरान र इटहरीमा ७-७, दुहवीमा ४, बराहक्षेत्रमा २, इनरुवा, रामधुनी, झोक्राहानरसिंह, गढी र कोशी गाउँपालिकामा १-१, इलामको फाकफोकथुममा २, इलाम नगरपालिका, चुलाचुली र मांसेबुङमा १-१, तेहृथुमको छथरमा २ र आठराईमा १, उदयपुरको उदयपुरगढीमा २ र त्रियुगामा १, संखुवासभाको पाँचखपन, चैनपुर र स्थानीय तह नखुलेका १-१ र प्रदेश १ बाहिरका १० जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज १४५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ७३ महिला र ७२ पुरुष रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २ पुरुषको मृत्यु भएको छ । सक्रिय संक्रमितको संख्या २ हजार ३३० रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार