सगरमाथा क्षेत्रमा मासु आयातमा रोक

Facebook Debugger

सोलुखुम्बु । जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिकाले मासुको आयातमा पूर्ण रुपमा बन्द गरेको छ ।

गाउँपालिकाले कोरोना भाईरस (कोभिड-१९)को संक्रमणका कारण मासुजन्य पदार्थबाट पनि फैलिन सक्ने कुरालाई मध्यनजर गर्दै आयतमा पूर्ण रुपले बन्द गरिएको हो ।

गाउँपालिका भन्दा बाहिरबाट ल्याईने गरेको खसी, राँगा, सुँगुर, बोईलर लगायतको मासुमा प्रतिबन्ध गरिएको गाउँपालिका उपाध्यक्ष टासि ल्हमु शेर्पाले विज्ञप्ती जारी गरेकी छिन् । गाउँपालिकाभित्र मासु ल्याइएको वा वितरण गरिएको पाईएमा तत्काल जफत गरी सम्बन्धि व्यक्तिलाई कडाभन्दा कडा कारबाही गरिने पनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार