क्वारेन्टिनबाट घर फर्किएका युवकको मृत्यु !

Facebook Debugger

काठमाडौं । सुर्खेतस्थित जनता माध्यमिक विद्यालय विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ ।

पञ्चपुरी नगरपालिका वडा नम्बर १ का १९ वर्षीय युवकको बिहीबार विहान घरमै मृत्यु भएको हो ।

उनी यही जेठ ७ गते भारतबाट आएका थिए । उनलाई जनता मावि विद्यापुरको क्वारेन्टिनमा राखिएको थियो ।

पञ्चपुरी नगरपालिकाका मेयर उपेन्द्रबहादुर थापाले उनको स्वाब संकलन गरेर सदरमुकाम वीरेन्द्रनगर पठाउने तयारी भइरहेको जानकारी दिए ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार