सम्पर्क समितिद्धारा ३ जना बिरामीलाई आर्थिक सहयोग [भिडियोसहित]

  सगरमाथा अनलाईन
84 Shares

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिले ३ जना बिरामीलाई आर्थिक सहयोग गरेको छ ।

आर्थिक अवस्था कमजोर भई काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत ३ जना बिरामीलाई सम्पर्क समितिले आर्थिक सहयोग गरेको हो । नेचासल्यान गाउँपालिका वडा नं. २ स्थायी घर भई सिभिल अस्पताल नयाँबानेश्वरमा उपचाररत शम्भु निरौला, चेपेल २ सोताङका बिरामी शेरबहादुर राई र सोताङ ४ का बिरामी सन्दीप राईलाई सम्पर्क समितिले आर्थिक सहयोग गरेको हो ।

‘हामी राजनीतिक संगठनमा आबद्ध भए पनि मानविय सेवामा पनि उत्तिकै सक्रिय रुपमा लागिरहेका छौं ।’ सम्पर्क समितिका सभापति गोकर्ण बस्नेत भने, ‘हामीले पहिले पनि धेरैलाई सकेको सहयोग गरिरहेकै छौं । हामी राजनीतिसँगै मानविय र सामाजिक सेवामा निरन्तर लागिरहने छौं ।’

सम्पर्क समितिले कोरोना भाइरसका कारण समस्यामा परेका दैनिक ज्यालादारी मजदुर, विद्यार्थी र अति समस्यामा परेका ३ हजार ३ सयभन्दा बढि घरपरिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको थियो । यसको साथै रक्तदान कार्यक्रम, स्वास्थ्य सामग्री वितरण पनि गरेको थियो ।

बिरामीलाई आर्थिक सहयोग कार्यक्रममा महाधिवेशन प्रतिनिधी खिलराज बस्नेत, तरुण दल सोलुका अध्यक्ष एवं महाधिवेशन प्रतिनिधी अशोक झा, महाधिवेशन प्रतिनिधी विमला गुरुङ, नेता गणेष बस्नेत, सोलुखुम्बु प्रदेश ‘क’ सचिव विजय गुरुङ, प्रदेश ‘ख’ सचिव एवं सम्पर्क समिति उपसभापति चन्द्र खालिङ, प्रदेश ‘क’ प्रतिनिधी उत्तम नाछिरिङ, सम्पर्क समिति सहसचिव भरत काफ्ले, सोताङ कांग्रेसका यूवा नेता गणेष राईलगायतको उपस्थिति रहेको थियो ।

सम्पर्क समितिले गरेका गतिविधिहरुको बारेमा जानकारी हेर्नको लागि तलको भिडियोमा क्लिक गर्नुहोस ।

https://youtu.be/hC_3tlDhhV4

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार