स्वास्थ्य सामग्री लिएर सोलुखुम्बु आए कांग्रेस नेता कार्की

Facebook Debugger

सोलुखुम्बु । सफल व्यवसायी एवं नेपाली कांग्रेसका नेता प्रकाशसिंह कार्की स्वास्थ्य सामग्री लिएर गृह जिल्ला सोलुखुम्बु आएका छन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) सोलुखुम्बुमा पनि देखिएपछि नेता कार्की अति आवश्यकीय स्वास्थ्य सामग्री लिएर सोलुखुम्बु आएका हुन् । लायन्स क्लव आफ काठमाण्डौ क्यापिटलबाट कोरोना स्वास्थ्य सुरक्षा सामाग्रीहरुमा ५२ ओटा पिपिई, १४ वटा थर्मलगन, ४ हजार थान सर्जिकल माक्स, सेनिटाइज र साबुन लिएर नेता कार्की सोलुखुम्बु आएका हुन् ।

करिब २ लाख ६५ हजार रुपैया बराबरको स्वास्थ्य सामाग्री जिल्ला समन्वय समितिका संयोजक तथा अस्पताल विकास समितिका अध्यक्ष वीरकुमार राईलाई जिल्ला अस्पताल फाप्लुमा हस्तान्तरण गरिएको छ । प्राप्त सामाग्रीहरुमा महाकुलुङ र सोताङ गाउँपालिकालाई प्रति गाउँपालिका ५ ओटा पिपिई, एक ओटा थर्मल गन, ८ ओटा हातधुने साबुन, २ सय प्रति माक्स वितरण गरिने छ । त्यसैगरी थुलुङ दुधकोशी गाउँपालिकालाई ८ ओटा पिपिई, २ ओटा थर्मल गन, १० ओटा साबुन, ५ सय प्रति माक्स र २ ओटा सेनिटाईजर वितरण गरिनेछ ।

माप्यदुधकोशी गाउँपालिकालाई ४ ओटा पिपिई, १ ओटा थर्मल गन, ८ ओटा साबुन, १ ओटा सेनिटाईजर र २ सय प्रति माक्स, लिखुपिकेलाई ५ ओटा पिपिई, २ ओटा थर्मल गन, १० ओटा साबुन, २ सय ओटा माक्स र १ ओटा सेनिटाईजर वितरण गरिने छ ।

त्यसैगरी नेचासल्यानलाई ८ थान पिपिई, ४ ओटा थर्मल गन, १६ ओटा साबुन, ८ सय प्रति माक्स र १ ओटा सेनिटाईजर वितरण गरिएको छ ।

जिल्ला अस्पताल फाप्लुलाई १० थान पिपिई, २ थान थर्मलगन, ७ ओटा साबुन, ५ सय थान माक्स र २ ओटा सेनिटाईजर प्रदान गरिएको छ । सोलु हेल्थ क्यरलाई २ ओटा पिपिई, एक ओटा थर्मल गन र २ सय ओटा माक्स र जुनवेशी स्वास्थ्य चौकीलाई २ ओटा पिपिई प्रदान गरिएको छ ।

उक्त सामाग्री केहि स्वास्थ्य संस्थालाई विहिबार नै प्रदान गरिएकोे छ भने बाँकी जिल्ला समन्वय समितिका संयोजक वीरकुमार राईलाई हस्तान्तरण गरिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार