आज तपाईको राशिफल : २०७७ जेठ २४ गते

Facebook Debugger

आज वि.सं. २०७७ जेठ २४ गते शनिवार । तदनुसार इ.स. २०२० जुन ६ तारिख । नेपाल संवत ११४० तछलागा । आषाढ कृष्णपक्ष । प्रतिपदा, २३ः३९ उप्रान्त द्वितीया ।

मेष : चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आकस्मिक समस्याले शरीरमा कमजोरी अनुभूति हुनेछ । परिस्थितिवश अरूका लागि अलमलिनुपर्ला । सम्भावना देखिए पनि ठूलो उपलब्धि नहुन सक्छ । मिहिनेत गर्दा पछिका लागि कामको जग बसाउन भने सकिनेछ । साँझतिर स्थितिमा सुधार आउनेछ । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । व्यवसायमा आंशिक लाभ हुनेछ । नयाँ काम थाल्न पनि सकिनेछ ।

वृष : इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

खानपान एवं मनोरञ्जनमा रमाउने समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ । अतिथिका रूपमा सत्कार पाइनेछ । सुमधुर सम्बन्धका लागि बोली–व्यवहारमा विशेष ध्यान पुर्याउनुहोला । समस्या पर्दा शुभचिन्तकहरूको साथ जुट्नेछ । साँझतिर भने स्वास्थ्यमा कमजोरी र काममा चुनौती देखापर्न सक्छ ।

मिथुन : का, कि, कु, घ, ङ, छ, के, को, ह

प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ । भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । सोखले फजुल खर्च भने बढाउन सक्छ । साँझतिर यात्राको प्रक्रिया अघि बढ्नेछ । पुरुषार्थी काम सिद्ध गर्ने समय छ । प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ । व्यापारमा फाइदा हुनेछ ।

कर्कट : हि, हु, हे, हो, डा, डि, डु, डे, डो

तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ । दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ । विशेष अध्ययन तथा नयाँ ज्ञानको खोजीमा समय बित्नेछ । गुरुजनको सहयोगले बौद्धिक प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सफल भइनेछ । रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ । साँझतिर शत्रुले दुस्ख दिन सक्छन् । मिहिनेतले राम्रो प्रतिफल दिलाउनेछ ।

सिंह : मा, मि, मु, मे, मो, टा, टि, टु, टे

जिम्मेवारी प्राप्त भए पनि प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । केही समय अरूका लागि उपयोग भइएला । परिवारजनको सहयोगले काम बनाउन भने सकिनेछ । टाढिएका आफन्त नजिकिनेछन् । विगतका कमजोरीलाई सुधार गर्ने मौका छ । लगनशीलताले लक्ष्यमा पुर्याउनेछ । साँझतिर विशेष फाइदा हुनेछ । अध्ययनको गतिले थप उचाइमा पुर्याउन सक्छ ।

कन्या : टो, प, पि, पु, ष, ण, ठ, पे, पो

सहयोगीहरू पछि हट्नाले चिताएको काममा बाधा पुग्नेछ । प्रतीक्षित नतिजा कमजोर देखिनाले केही काम दोहोर्याउनुपर्ला । अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ । लगनशीलताले परिस्थिति सहज बनाउन सकिनेछ । साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । लगनशीलताले विभिन्न अवसर दिलाउनेछ । साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ ।

तुला : र, रि, रु, रे, रो, ता, ति, तु, ते

तार्किक क्षमता बढ्नेछ भने मिहिनेतले लक्ष्यमा पुर्याउन सक्छ । बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ । सानो प्रयत्नले ठूलो काम बन्न सक्छ । कामले सम्मानित स्थान दिलाउनेछ । विचारले धेरैलाई आकर्षण गर्ने समय छ । प्रशंसकहरू बढ्नेछन् । सहयोगीहरूको माध्यमबाट राम्रै फाइदा हुनेछ । साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ ।

वृश्चिक : तो, ना, नि, नु, ने, नो, या, यि, यु

हिलेको सफलताले महत्त्वाकांक्षा बढाउनेछ । विभिन्न अवसर पनि आउनेछन् । तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन् । विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ । आकर्षक उपहारले उत्साह जगाउनेछ । रोकिएका काम सम्पादन हुनेछन् र नयाँ काम पाइनेछ । पारिवारिक जमघटले आनन्द दिलाउनेछ । साँझतिर लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ ।

धनु : ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ । फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला । टाढाका साथीभाइसँग सम्पर्क बढ्नेछ । बसाइको स्थानान्तरण अथवा यात्रा हुने सम्भावना छ । व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ । साँझतिर अधुरो काम बन्नेछ र रमाइलो भेटघाट पनि हुनेछ । काम पूरा नभए पनि सम्मानित स्थान प्राप्त गर्न सकिनेछ ।

मकर : भो, ज, जि, खि, खु, खे, खो, गा, गि

प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिले गरेका कामबाट प्रशस्त लाभ हुनेछ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । साँझतिर यात्राको प्रसंगमा खर्च हुन सक्छ । धनमाल सुरक्षामा विशेष सतर्कता अपनाउनुहोला ।

कुम्भ : गु, गे, गो, सा, सि, सु, से, सो, द

केही विवादास्पद काम गर्नुपरे पनि प्रयत्न गर्दा राम्रो उपलब्धि पाइनेछ । रोकिएको काम बन्नाले जिम्मेवारी पनि बढ्नेछ । विशेष भेटघाटले उत्साह बढाउनेछ । अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व हातलागी हुनेछ । साँझतिर आयस्रोत सबल हुनेछ । पहिलेको उपलब्धिले जीवनशैलीमा परिवर्तन आउनेछ ।

मीन : दि, दु, थ, झ, ञ, दे, दो, च, चि

समुदायको हितमा राम्रै काम गर्न सकिनेछ । सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ । प्रयत्न गर्दा आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ । मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ । समाजमा तारिफयोग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ । आफ्ना कमजोरी सुधार गर्ने समय रहेकाले काममा मिहिनेत गर्नुहोला ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार