अर्थमन्त्री खतिवडालाई हिमाली जिल्लाका सांसदले बुझाए ध्यानाकर्षण पत्र

Facebook Debugger

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडालाई १६ जना हिमाली जिल्लाका सांसदहरुले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

हिमाली जिल्लामा आर्थिक वर्षको समय संसोधन गरिनु पर्ने माग राख्दै हिमाली जिल्लाका सांसदहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् । आर्थिक वर्ष २०७७/०७८ को विनियोजित बजेट उच्च हिमाली क्षेत्रमा पुग्न असोज महिना लाग्ने र कात्तिक महिनादेखि अत्याधिक चिसोको साथै हिमपात हुने भएकाले आवको समय संसोधन गर्नको लागि ध्यानाकर्षणपत्र बुझाएका सोलुखुम्बु जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य सांसद हेमकुमार राई ‘सुरवीर’ले बताए ।

अत्याधिक चिसोका कारण उच्च हिमाली क्षेत्रका स्थानीय ६ महिना तराई क्षेत्रमा झर्नुपर्ने बाध्यात्मक स्थिति भएकाले पनि आ.व.को समय संसोधन गरिनुपर्ने हिमाली क्षेत्रका सांसदहरुको जोड रहेको छ । चालु आ.व.२०७६/०७७ को नीति तथा कार्यक्रममा उच्च हिमाली जिल्लामा असार मसान्तको सट्टा ३ महिना बजेट कार्यान्वयन अवधि थप्ने घोषणा गरिएको भएता पनि कार्यान्वयन नभएको ध्यानाकर्षण पत्रका उल्खेल गरिएको छ । साथै हिमाली जिल्लाहरुको हकमा कार्यान्वयन अवधि कात्तिक मसान्तसम्म नीतिगत रुपमै निरन्तरता गर्ने व्यवस्था गर्न आग्रह गरिएको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार