विदेशबाट उद्धार गरिएकालाई सोलुखुम्बुमा यस्तो छ व्यवस्था

Facebook Debugger

सोलुखुम्बु । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९) का कारण विदेशमा अलपत्र परेका नेपालीहरुको उद्धारकार्य शुरु भएको छ ।

नेपाल सरकारले विश्वका विभिन्न देशमा कोरोनाका कारण अति समस्यामा परेका नेपालीहरुलाई शुक्रबारदेखि उद्धार गर्न शुरु गरेको हो । सोलुखुम्बु जिल्लाको विभिन्न गाउँपालिकाले पनि विदेशबाट उद्धार गरिएका सोलुखुम्बेलीहरुको लागि विशेष किसिमको व्यवस्था गर्ने भएको छ ।

जिल्ला समन्वय समिति (जिसस)का प्रमुख वीरकुमार राईको अध्यक्षतामा आइतबार बसेको बैठकले विदेशबाट उद्धार गरिएका सोलुखुम्बेलीहरुको लागि विशेष किसिमको व्यवस्था गर्ने निर्णय गरेको हो । जिल्लाको एक नगरपालिका र ७ गाउँपालिकाले आ-आफ्नो स्थानीय तहका नागरिक विदेशमा कति छन् भनेर आँकलन गरी सोही अनुसारको क्वारेन्टाइनको व्यवस्था गर्ने पनि बैठकले निर्णय गरेको जिसस प्रमुख राईले बताए ।

आवश्यकता अनुसार आइसोलेसन बेडको समेत स्थानीय तहले व्यवस्था गर्ने निर्णण गरिएको छ । त्यसैगरी प्रत्येक स्थानीय तहमा कोभिड-१९ को परीक्षणको लागि स्वाब संकलन गर्ने जनशक्ति विकास गर्दैै तालिमको लागि जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गर्ने, विदेशबाट उद्धार गरिएपछि चाँडोभन्दा चाँडो स्थानीय तहलाई सूचना दिई सुरक्षित रुपमा स्थानीय तहमा पुर्याउने, जिल्ला सदरमुकाममा आईसोलेसन बेडको संख्या बृद्धि गर्न पहल गर्ने र कोभिड-१९ पोजेटिभको कारणले कुनै व्यक्तिको मृत्यु भएमा जिल्ला रेडक्रससँग समन्वय गरी रेडक्रसले उपलब्ध गराएको जग्गामा शव व्यवस्थापन गर्ने निर्णय गरेको छ ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार