सभापति बस्नेतले दिए १ हजार बढिलाई राहत [भिडियोसहित]

Facebook Debugger

काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिद्धारा १ हजार बढिलाई राहत वितरण गरिएको छ ।

लकडाउनका कारण दैनिक छाक टार्न समस्या भएका मजदुर, दैनिक ज्यालादारी कामदार र विद्यार्थीहरुलाई सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतको अगुवाईमा राहत वितरण गरिएको हो । सोलुखुम्बु स्थायी ठेगाना भई काठमाडौंमा आएर दैनिक ज्यालादारी कामदार र विद्यार्थीहरुलाई लकडाउन शुरु भएदेखिनै समस्या भोग्दै आएकाले सम्पर्क समितिद्धारा विभिन्न ८ चरणमा राहत वितरण गरिएको सम्पर्क समितिका सभापति बस्नेतले बताए ।

नेपाली कांग्रेसका महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेतले सोलुखुम्बु जिल्ला स्थायी ठेगाना भई काठमाडौंमा विभिन्न पेशा र व्यवसायमा रहनुभएकाहरुलाई कुनै बेला साह्रोगाह्रो पर्दा साथ र सहयोग गर्नका लागिनै सम्पर्क समिति गठन गरिएको बताए । ‘विश्व व्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)लाई एउटा तह वा तप्काले मात्रै पराजित गर्न असम्भव भएकाले सम्पर्क समितिद्धारा जिल्लाबासीलाई राहत वितरण गरेका हौं, महासमिति सदस्य बस्नेतले भने, ‘सरकारले मात्रै पनि धान्न नसक्ने, गर्न नसक्ने । त्यसमाथि पनि हाम्रो जस्तो विकासोन्मुख देशमा भनाई र गराईमा फरक आइरहेकाले एकद्धावार नीति भन्दाभन्दै पनि हामीसँग सम्पर्कमा आएका अति समस्यामा परेकाहरुलाई राहत वितरण गरेका हौं ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधी एवं तरुणदल सोलुका सभापति अशोककुमार झाले पार्टीको ७७ जिल्लाको सम्पर्क समिति भएपनि सोलुखुम्बुको जस्तो रफ्तारमा कसैले काम गर्न नसकेको गुनासो गरे । ‘कांग्रेसको मै हूँ भन्ने केहि नेताहरु र ठूलठूला उद्यमीहरु बाहिर निस्कने आँट समेत गर्न नसकिरहेका बेला सम्पर्क समितिका पदाधिकारीहरुले अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरेका छन्, महाधिवेशन प्रतिनिधी झाले भने, ‘सम्पर्क समितिका सभापतिले वास्तविक पिडितहरुलाई मात्रै राहत दिनु भएको छ । उहाँहरुको राहत वितरण कार्यक्रममा म शुरुदेखिनै संलग्न छु । सम्पर्क समितिको राहत वितरण साच्चै सराहनीय छ ।’

हिमाली जिल्ला सोलुखुम्बुका नागरिक काठमाडौंमा अति नै बिचल्लीमा परेकाहरुलाई पहिलो प्राथमिकतामा राखेर राहत वितरण गरिएको सम्पर्क समितिका सभापति गोकर्ण बस्नेतले बताए । ‘हामीले राहत वितरण गर्दा कुनै पार्टीको विचार, सिद्धान्त र व्यवहारभन्दा बाहिर रहेर अति समस्यामा परेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य वस्तुहरु वितरण गरेका छौं,’ सभापति बस्नेतले भने, ‘हामी राजनीति मात्रै होइन सामाजिक काम पनि उत्तिकै महत्वका साथ व्यवहारिक रुपमा गरिरहेका छौं ।’

सोमबार आठौं चरणको राहत १ सय ४ जनालाई वितरण गरिएको बस्नेतले बताए । जोरपाटीदेखि शुरु भएको राहत वितरण कार्यक्रम कपन, सामाखुशी र नयाँबानेश्वरमा पुगेर सकिएको थियो ।

राहत वितरण कार्यक्रममा महासमिति सदस्य एवं पार्टी संगठन विभाग सोलुका प्रमुख खिलराज बस्नेत, महासमिति सदस्य भोजराज कार्की, जयप्रसाद राई र शम्भुहरी वास्तोलाको उपस्थिति रहेको थियो । त्यसैगरी महाधिवेशन प्रतिनिधी एवं नेपाल तरुणदल सोलुका सभापति अशोककुमार झा, नेपाली कांग्रेस सोलु जिल्ला पार्टी सचिव भलाकाजी कुलुङ राई, पूर्व महासमिति सदस्य हुतराज बस्नेत, यूवा नेता वेदप्रसाद वन, लोकतान्त्रिक खेलकुद केन्द्रीय सदस्य कुमार बस्नेत, सम्पर्क समिति उपाध्यक्षहरु विमला गुरूङ, फुनुरू शेर्पा र चन्द्र राई, सचिव टार्जन कुलुङ, कोषाध्यक्ष नविन कार्की, सदस्यहरू उत्तमप्रसाद राई, विजय गुरूङ, राम विक र भिम विकको उपस्थिति रहेको थियो । त्यस्तै दिप थापामगर, अशोक नाछिरिङ राई, सागर राई र भद्र विकलगायत अन्य जिल्लास्तरीय नेताहरुको उलेख्य उपस्थिसत रहेको थियो ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार