भानुभक्त निरौलाको कर्तुत ३ : सरकारी सम्पत्तिमा रजाँई !

Facebook Debugger

सोलुखुम्बु । हावाहुरीले लडाएको रेडियोको टावरमा स्थानीयलाई फसाएर २ लाख ४० हजार रुपैयाँ रकम संकलन गर्ने दाउ रचेका हिमाल एफ.एम.का प्रमुख एवं कान्तिपुर टिभीका जिल्ला सम्वाददाता भानुभक्त निरौलाले सरकारी सम्पत्तिमा समेत रजाँई गरेको भेटिएको छ । निरौलाको स्वमित्वमा रहेको नुम्बुर नेटवर्क प्रा.लि.ले नेपाल टेलिकमको सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ तुम्बुक र थुलुङ दुधकोशी गाउँपालिकाको वडा नं. २ काँगेल डाँडामा रहेको टावरमा इन्टरनेटको उपकरण जडान गरेको भेटिएको हो ।

निरौलाले नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतलाई प्रभावमा पारी नेपाल टेलिकमको टावरमा विगत ६ महिनाभन्दा बढी समयदेखि रजाई गर्न थालेका हुन् ।

नुम्बुर नेटवर्कले केही समय अघिसम्म पत्ताले डाँडामा रहेको टावरमा समेत उपकरण जडान गरी टेलिकमकै वैकल्पिक उर्जा समेत प्रयोग गरिरहेको थियो ।

नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले नुम्बुर नेटवर्कले टेलिकमको टावरहरु प्रयोग गरिरहेको स्वीकार गरेका छन् । उनले विगत ६ महिनाददेखि नुम्बुर नेटवर्कले टेलिकमको टावर प्रयोग गरिरहेको बताए । ‘काँगेल डाँडामा रहेको टावर विगत ६ महिनादेखि प्रयोग गर्दै आएको छ । अहिले क्याम्जे डाँडामा पनि मागिरहेको छ, मैले केन्द्रीय कार्यालयबाटै स्वीकृति लिएर आउनु भनेको छु ।’ प्रमुख कठायतले सगरमाथा अनलाइनसँग भने ।

उनले सोलु दुधकुण्ड नगरपालिकाको वडा नं. २ तुम्बुकको टावर प्रयोग गरिरहेको बिषयमा भने आफूलाई जानकारी नभएको बताए । ‘काँगेल डाँडाको सवालमा गाउँपालिकामा बैंक सञ्चालन गर्नुपर्ने र त्यसका लागि उच्च गतिको इन्टरनेटको आवश्यकता पर्ने भएको बताएकाले गाउँपालिकासँगै मिलेर राखेको बुझिएको छ । नेपाल टेलिकमले त्यस्तो लिखित केही पनि अनुमति दिएको छैन’ उनले भने ।

तीन दिनभित्रै हटाउन निर्देशन दिन्छु : प्रमुख कठायत

नेपाल टेलिकम सोलुखुम्बुका प्रमुख श्याम कठायतले अनाधिकृत रुपमा राखिएका उपकरणहरु तीन दिनभित्रै हटाउन निर्देशन दिने बताएका छन् । ‘मैले आगामी दिनमा टेलिकमको प्रयोग गर्ने भए प्रधान कार्यालयबाटै स्वीकृति लिएर आउनु भनेको छु, अहिले प्रयोगमा आईरहेकाको सवालमा म तीन दिन भित्रै हटाउन निर्देशन दिई हटाउन लगाउनेछु’ उनले भने ।

नाफा कमाउने कम्पनीले गर्दा सरकारी सम्पक्ति ध्वस्त हुने !

प्राइभेट कम्पनीको उद्देश्य नै सेवा दिएर नाफा कमाउने हुन्छ । तसर्थ ग्राहकलाई सेवा प्रदान गर्न आवश्यक लगानी गर्ने, सेवाको गुणस्तर बढाउने उसको दायित्व हुन्छ । तर सोलुखुम्बु र खोटाङको केही भागमा इन्टरनेट सेवा प्रदान गरिरहेको नुम्बुर नेटवर्कले नेपाल टेलिकमको पूर्वाधार प्रयोग गर्दा नाफा आर्जन गरेको मात्र होइन, सरकारी सम्पक्ति समेत ध्वस्त हुने उत्तिकै जोखिम रहन्छ । प्राविधिकहरुका अनुसार इन्टरनेट लगायत अन्य विद्युतीय उपकरणहरुमा चट्याङ पर्ने उच्च जोखिम रहन्छ । टावरमा जडित नेपाल टेलिकमको उपकरणहरुको भरपर्दो अर्थिङ गरिएको भए पनि बाहिरी मानिसले राखेको उपकरणमा चट्याङ पर्दा नेपाल टेलिकमको उपकरण समेत ध्वस्त हुने प्रवल सम्भावना हुन्छ ।

सरकारी सम्पत्तिको दुरुपयोग गरी नाफा आर्जन गर्न खोज्ने भानुभक्त निरौला र नुम्बुर नेटवर्कसँग सम्बद्ध सबैलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्ने आवाज उठ्न थालेको छ ।

के छ कानुनमा ?

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ मा सरकारी, सार्वजनिक तथा सामुदायिक सम्पति सम्बन्धी व्यवस्था गरेको छ । उक्त संहिता अनुसार सरकारी एवं सार्वजनिक सम्पक्ति व्यक्ति एवं निजी कम्पनीले प्रयोग गरेमा दुरुपयोग भएको मानिन्छ । अपराध संहिताको दफा ३१२ उपदफा ३ मा सार्वजनिक सम्पक्ति व्यक्तिले प्रयोग गरेमा प्रमुख जिल्ला अधिकारीले १५ दिनभित्र हटाउन निर्देशन दिन सक्ने र नहटाएमा प्रमुख जिल्ला अधिकारीले हटाउन लगाई उक्त सामग्री हटाए बापत लाग्ने रकम सोही कम्पनी मार्फत असुल्न सक्ने उल्लेख छ ।

यस्तै ऐनको दफा ३१२ को उपदफा १ मा कुनै निकाय वा अधिकारीले सरकारी वा सार्वजनिक सम्पतिमा प्रतिकुल असर पर्ने गरी गरेको निर्णय उपर कानुन बमोजिम मुद्दा गर्न, निवेदन वा पुनरावेदन गर्ने अधिकार सम्बन्धित सरकारी वकिललाई हुने उल्लेख छ ।

सरकारी सम्पति दुरुपयोग गर्न सघाउने कर्मचारीलाई कार्वाही हुने

सरकारी सम्पत्तिको अपचलन गर्न सघाउने कर्मचारीलाई समेत निजको सेवा, शर्त सम्बन्धी कानुन बमोजिम विभागीय कार्वाही हुने र फौजदारी अभियोगमा समेत मुद्दा चलाउन सकिने उल्लेख छ ।

मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा ३११ को उपदफा १ मा भनिएको छ ‘कुनै कर्मचारीले जानी जानी हेल्चेक्राई वा लापरवाही साथ सरकारी, सार्वजनिक वा सामुदायिक सम्पति कुनै व्यक्तिको नाममा दर्ता गरे वा गराएमा वा यस परिच्छेद बमोजिम सहयोग गर्नुपर्ने कर्तव्य भएको कर्मचारीले कुनै सहयोग नगरेमा त्यस्तो कर्मचारीलाई निजको सेवा, शर्त सम्बन्धी कानुन बमोजिम विभागीय कारवाही हुनेछ ।’

यस्तै सोही दफाको उपदफा २ मा उपदफा १ बमोजिमको काम गर्ने कर्मचारी उपर उपदफा १ को कारवाहीको अतिरिक्त कानुन बमोजिम फौजदारी कसुरमा कारवाही गर्न बाधा नपर्ने उल्लेख छ ।

यो पनि पढ्नुहोस् ।

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

 

बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार