काठमाडौंमा रहेका सोताङबासीलाई भोलिदेखि राहत वितरण गरिदै

Facebook Debugger

काठमाडौं । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड-१९)का कारण समस्यामा परेका सोताङबासीलाई भोली (बिहीबार)देखि राहत वितरण गरिने भएको छ ।

सोताङ गाउँपालिकाले उपत्यकामा अस्थायी रुपमा बसोबास गरेका सोताङबासीलाई बिहीबारदेखि राहत वितरण गरिने राज नाछिरिङले जानकारी दिए । राहत वितरण उपत्यकाका विभिन्न स्थानमा हुने बताइएको छ ।

गाउँपालिकाको राहत प्रगति चौक, दिक्षालय स्कुल, कपन बिहान १० बजे । त्यसैगरी आकाशेधारा फुट्बल ग्राउण्ड, कपन अपरान्ह १२ बजे । सरस्वती नगर, चाबहिल गोपि कृष्ण हल नजिकै दिउँसो १ बजे । गोकर्ण माइक्रो पार्क दिउँसो ३ बजे । क्रीकेट मैदान गेट, मुलपानी दिउँसो ४ बजे राहत वितरण गरिने कार्यतालिका रहेको छ ।

राहत लिन आउनु हुने नागरिकले सोताङ गाउपालिकाको आफ्नो परिचय खुल्ने कुनैपनि सरकारी कागजातहरु नगरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचय पत्र अथवा पासपोर्टको प्रतिलिपी अनिवार्य उपलब्ध गराउनु पर्नेछ । विद्यार्थीहरुको हकमा भने शैक्षिक प्रमाणपत्रको प्रतिलिपीलाई मान्यता दिइने छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार