‘कार्यपालिका बैठकमा उपमेयर राईमाथि भएको हातपात सुनियोति र योजनाबद्ध’ : नेकपा सोलु

Facebook Debugger

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकमा उपमेयर कल्पना राईलाई हातपात गरिएको घटनाप्रति नेकपा सोलुखुम्बुले प्रेस विज्ञप्ती जारी गर्दै गम्भिर ध्यानाकर्षण भएको बताएको छ ।

उपमेयर राईमाथि भएको घटना सुनियोजित र योजनाबद्ध भएकाले दोषीलाई हदैसम्मको कारबाहिको माग गरेको छ । उपमेयर राई कार्यपालिका बैठकमा बोलिरहेका बेला एक कार्यपालिका सदस्य शारदामाया तामाङले आक्रमण गरेका थिए ।

‘तामाङले गरेको आक्रमण अति अराजक, असभ्य र वर्वतापूर्ण भएकाले घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछौं,’ विज्ञप्तीमा लेखिएको छ, ‘यो घटना आकस्मिक रुपमा नभै सम्बन्धित पक्षबाट योजनाबद्ध ढंगले, फरक राजनीतिक आस्था हुनेहरु माथि भौतिक आक्रमण गराउने र चरम निषेध गर्ने, गराउने विगतदेखिकै घटना भएकाले दोषिमाथि हदैसम्मको कानूनी कार्वाहि गर्न सम्बन्धित पक्षसँग जोडदार माग गर्दछौं ।’

जिल्ला पार्टी अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पाद्धारा जारी गरिएको विज्ञप्तीमा यस घटनाप्रति गम्भिर हुन सबैलाई आग्रह गरिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार