उपमेयर राईमाथि भएको आक्रमणको सर्वत्र विरोध

Facebook Debugger

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राईमाथि भएको आक्रमणको सर्वत्र विरोध भएको छ ।

मंगलबार नगरकार्यपालिकाको बैठकमा समय लिएर मन्तव्य राखिरहेको बेला उपमेयर राईमाथि नगरप्रवक्ता एवं कार्यपालिका सदस्य शारदामाया तामाङले एक्कासी आक्रमण गरेकी थिइन् । राईले लकडाउनका कारण अलपत्र परेका नगरबासीलाई काठमाडौंबाट उद्धार गरेको विषयमा प्रवक्ताले एकतर्फीरुपमा विज्ञप्ती जारी गरेको विषयमा प्रतिक्रिया दिँदा तामाङले एक्कासी आक्रमण गरेको बैठकमा सहभागी कार्यपालिका सदस्यहरुले बताएका छन् ।

उपमेयर राईमाथि भएको घटनाको लिखुपिके गाउँपालिका उपाध्यक्ष एवं न्यायिक समितिका संयोजक प्रमिला बस्नेत (कार्की)ले विज्ञप्ती मार्फत विरोध गरेकी छिन् । ‘विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइसर (कोभिड-१९)को रोकथाम तथा नियन्त्रणमा सबै एकजुट हुनुपर्ने समयमा उपमेयर राईमाथि भएको घटनाको भत्र्सना गर्दछु,’ विज्ञप्तीमा लेखिएको छ, ‘विधिको शासनको धज्जी उडाउने गरी भएको घटनाको तत्काल छानविन गरी दोषिमाथि कडा कानूनी कार्वाहीको माग गर्दछु ।’

त्यसैगरी राष्ट्रिय युवा संघ सोलुखुम्बुका सह–संयोजक योगेश श्रेष्ठ, अनेरास्ववियू सोलुखका सदस्य किशोर कटुवाल र अखिल नेपाल महिला संघ सोलुका उपाध्यक्ष मोहनकुमारी कार्कीले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै उपमेयर राईमाथि भएको आक्रमणको विरोध गरेका छन् ।

‘नगरकार्यपालिका बैठक जस्तो सम्मानित र अति जिम्मेवार ठाउँमा भएको यो असभ्य र वर्वतापूर्ण आक्रमण उपमेयर माथिको मात्र आक्रमण नभएर सिंगो नगरपालिका, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधीहरु, सभ्य समाज र लोकतान्त्रिक गणतन्त्र माथिकै आक्रमण हो,’ विज्ञप्तीमा भनिएको छ, ‘यो घटना आकस्मिक रुपमा नभै सम्बन्धित पक्षबाट योजनाबद्ध ढंगले, फरक राजनीतिक आस्था हुनेहरुमाथि भौतिक आक्रमण गराउने विगत देखिकै घटनाको निरन्तरता हो ।’

त्यसैगरी अनेरास्ववयू सोलुका सदस्य तेन्जी शेर्पाले पनि घटनाको विरोध गरेका छन् । ‘सोलुदुधकुण्ड नगरपालिकको नगरकार्यपालिका बैठकमा नगरका उपप्रमुख एवं हाम्रो गौरवशाली विद्यार्थी संगठन तत्कालीन अनेरास्ववियुका पूर्व केन्द्रिय सदस्य, नेपाल कम्युनिस्ट पार्टी सोलुखुम्बुका जिल्ला सचिवालय सदस्य कमरेड कल्पन राई माथि योजनाबद्ध नियोजित तवरले नगर प्रवक्ता एवं नगर कार्यपालिका सदस्यबाट भौतिक आक्रमण भएको उक्त घट्न प्रति हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।’

नगर उपप्रमुख कल्पन राई नगरकार्यपालिकाको प्रस्तुत बैठकमाथि पाँच मिनेट आफ्नो धारणा राख्ने समय लिई बोल्नेक्रममा नगरप्रवक्ताले भौतिक आक्रमण र हातपात गरेको अशोभनीय घट्ना प्रति दुख व्यक्त गर्दछु । जनताको जनमतबाट अनुमोदित उपप्रमुख जस्तो पदमा रहेको जनप्रतिनिधि माथि देश संघीय लोकतान्त्रिक गणतन्त्रत्मक शासन व्यवस्थामा रहेको अवस्थामापनि विचार र अभिव्यक्ति स्वतन्त्रता लाई कुण्ठित गरि बोल्न पाउने अधिकार लाई बन्दी बनाउन खोज्नु उल्टै भौतिकरूपमा आक्रमण गर्नु भनेको आम परिवर्तनका पक्षधर प्रगतिशील जनता र संविधानको विरुद्ध नै ठाडो आक्रमण गर्नु सरह हो । फरक राजनीतिक आस्था भएकै कारणले राजनीतिक प्रतिशोधको भावनाअनुरूप यस्तो आपत्ती जनक घट्न गराइएको हो भन्ने हाम्रो बुझाइ छ ।

उपमेयर राईमाथि भएको भौतिक आक्रमणको सामाजिक सञ्जाल लगायतमा सर्वत्र विरोध भएको छ । राईलाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने तामाङलाई पनि थप उपचारको लागि ओखलढुंगाको सामुदायिक अस्पताल लगिएको एक कार्यपालिका सदस्यले बताए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार