नेकपा माप्य दुधकोशी काठमाडौं सम्पर्क कमिटिद्वारा क्यालेन्डर सार्वजानिक

Facebook Debugger

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माप्य दुधकोशी काठमाडौं सम्पर्क कमिटीले २०७७ सलको भित्तेपात्रो (क्यालेन्डर) बुधबार काठमाडौंमा सार्वजानिक गरेको छ ।

टुसालमा आयोजित लोकार्पण कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभाका सांसद हेम कुमार राई, अतिथी नेकपा सोलुखुम्बुका सचिव गोम्बु शेर्पा ( कर्ज्याङ), माप्य दुधकोशी १ का वडा अध्यक्ष अगम कुमार राई र माप्य दुधकोशी काठमाडौं सम्पर्क कमिटिका अध्यक्ष चन्द्र प्रसाद घिमिरेले गरेका थिए । कोरोना भाइरसको प्रकोपका कारण क्यालेन्डर प्रकाशनमा ढिलो भएको कमिटिका अध्यक्ष चन्द्र प्रसाद घिमिरेले बताएका छन् ।

यसै समारोहकाबीच नेकपामा प्रवेश गरेका आङ्टु राईलाई खादा ओढाएर स्वागत गरिएको कमिटिका अध्यक्ष चन्द्र प्रसाद घिमिरेले जानकारी दिए ।

कमिटिका अध्यक्ष घिमिरेको अध्यक्षतामा सप्पन्न समारोहमा नेकपा सोलुखुम्बुका सदस्य अर्जुन राई, युवा संघका केन्द्रीय सदस्य हेमचन्द्र राई,युवा नेता भुपेन कट्टेल लगायत ५० जनाभन्दा बढीको उपस्थित रहेको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार