४ दिने नवजात शिशुमा पनि कोरोना संक्रमण !

Facebook Debugger

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा ४ दिनकी नवजात शिशुमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

स्थानीय धुरालसैन माविको क्वारेन्टिनमा आमासँगै बसेकी ४ दिनकी नवजात शिशुमा समेत कोरोना संक्रमण देखिएको सेती प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

ती बालिका जेठ १५ गते जन्मेकी थिइन् । उनी जन्मेको चौथो दिनमा अस्पतालमा स्वाब संकलन गरिएको थियो । बाजुरा बुढीगंगामा ती नवजात शिशुसहित १७ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जानकारी दिएको छ ।

बिहीबार सुदूरपश्चिम प्रदेशमा २७ जनामा कोरोनाको संक्रमण देखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । सुदूरपश्चिममा कुल संक्रमितको संख्या एक सय ९१ पुगेको छ ।

सुदूरपश्चिमको बाजुरामा १ जना, कैलालीमा ७ जना, बझाङ थलाराका १ जना, बित्थडका १ जनामा पनि कोरोना संक्रमण देखिएको छ । कैलालीका ७ संक्रमितमध्ये ६ जना गौरीगगाका हुन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार