नीति तथा कार्यक्रमको तरीमा जुट्यो थुलुङ दुधकोशी

Facebook Debugger

सोलुखुम्बु । भूगोल र जनसंख्याकको हिसाबले जिल्लाको सबैभन्दा ठूलो गाउँपालिका थुलुङ दुधकोशी आउने वर्षको नीति तथा कार्यक्रमको तयारीमा जुटेको छ ।

विश्व व्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)का बीचमा पनि गाउँपालिका आउने वर्षको नीति तथा कार्यक्रममा जुटेको हो गाउँपालिकाले ११ दिने बजेट क्यालेन्डर सार्वजनिक गरेको छ ।

आर्थिक वर्ष २०७७/७८ को योजना छनोट, योजना प्राथमिकिकरण, बजेट, नीति तथा कार्यक्रमको तालिका सार्वजनिक गरिएको थुलुङ दुधकोशी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अविलाल राईले बताए ।

तालिका अनुसार जेठ ३२ गते देखि असार १० गतेसम्म आउने आर्थिक वर्षको सम्पूर्ण योजना, निति तथा कार्यक्रम निर्माण कार्य सम्पन्न हुने अधिकृत राईले बताए । जेठ ३२ गते राजस्व परामर्श समितिको बैठक, असार २ गते स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्ने जनाईएको छ ।

असार ३, ५ र ६ गते बस्ती र टोलस्तरबाट योजना छनौट, असार ७ गते वडास्तरिय योजना प्राथमिकिकरण,असार ८ गते एकिकृत बजेट तथा कार्यक्रम तर्जुमा र कार्यपालिका बैठक पश्चात असार १० गते भने गाउसभामा बजेट, निति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी रहेको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार