कार्यपालिका बैठक घटना : परिस्थिती सहज बनाउन मेयर शेर्पाको आग्रह

पदिय हैसियत भुल्नु हुँदैन : अध्यक्ष झा

Facebook Debugger

सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेलजाङ्बु शेर्पाले नगर कार्यपालिका बैठकमा आकस्मिक रुपमा भएको घटनाबाट सिर्जित परिस्थितिलाई सहज बनाउन जिम्मेवार पदाधिकारीलाई आग्रह गरेका छन् ।

गएको मंगलबार बैठकमा उपमेयर र नगर प्रवक्ताबीच अचानक हात हालाहालको स्थिती उत्पन्न भई बैठक समेत अवरुद्ध भएकोप्रति दुःख व्यक्त गर्दै मेयर शेर्पाले तत्काल बैठक स्थगित गरी समाधानको पहल थालेको बताएका हुन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै मेयर शेर्पाले नगरबासीको चाहाना पूरा गर्न जनप्रतिनिधिको मुख्य कार्यभार भएकाले दुवै जिम्मेवार जनप्रतिनिधिबाट विशिष्ट भूमिका निर्वाह गर्दै सहज वातावरण सिर्जना गर्ने विश्वास लिएका छन् । संवादबाट नै समाधानको बाटो खोज्नुपर्ने भएकाले निरन्तर पहल भइरहेको विज्ञप्तीमा उल्लेख छ ।

यसैबीच नगरकार्यपालिका बैठकमा भएको घटनाको सत्यथत्य छानविन गर्न माग गर्दै नेपाल तरुणदल सोलुखुम्बुले पनि विज्ञप्ती जारी गरेको छ । तरुणदल सोलुका अध्यक्ष अशोक झाद्धार हस्ताक्षरित विज्ञप्तीमा पदिय हैसियत भूलेर अपमानि ढंगबाट गरिएको व्यवहार कानूनी रुपमा बर्जित रहेको उल्लेख गरिएको छ ।

जिम्मेवार पदिय दायित्वबाट स्खलित भई कार्यपालिका बैठकमा उपमेयरले दिएको अभिव्यक्तिले उक्त घटना भएको अध्यक्ष झाले बताए । ‘पदिय दायित्वलाई आत्मासाथ गरी डिप्लोम्याटिक तरिकाले आफ्ना कुरा राख्न सकिन्छ, तर आवेशमा आएर पदको ख्यालै नगरी कसैलाई इंगित गर्दै बोलिन्छ भने त्यो पनि कानूनी रुपमा बर्जित नै हो,’ अध्यक्ष झाले भने, ‘मैले कार्यपालिका सदस्यलाई बुझे अनुसार गल्ती दुवै जनाको पाए । यसमा मेयरले पनि घटनालाई थप बढाउन होइन, समाधान गर्नतिर लाग्नु भएको छ । आपसी संवादमा बसी समाधान गर्नुको विकल्प छैन ।’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार