पहिलो दिन : सोताङ गाउँपालिकाले काठमाण्डौमा २६८ परिवारलाई राहत वितरण गर्यो

Facebook Debugger

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका २ सय ६८ घरपरिवारलाई राहत वितरण गरेको छ ।

उपत्यकामा अस्थायी रुपमा बस्दै आएका गाँउपालिका बासीलाई बिहीबार पहिलो दिन राहत वितरण गरेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समयसम्म गरेको लकडाउनको कारण उपत्यकामा अति समस्यामा परेका आफ्ना ५ वटै वडाका नागरिकलाई गाँउपालिकाले राहत वितरण गरेको युवा संघका केन्द्रीय सदस्य भद्रगोल किरातीले बताए ।

गाँउपालिकाले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहत स्वरुप वितरण गरेको छ । बिहीबार उपत्यकास्थित कपन, गोकर्ण, नयाँबस्ती, मुलपानी, जोरपाटी र चावहिल लगायतका स्थानमा राहत वितरण गरिएको थियो ।

शुक्रबार अर्थात जेठ ३० गतेका दिन चक्रपथ, वनस्थली कलंकी, सातदेबाटो र भक्तपुर क्षेत्रमा राहत वितरण गर्ने कार्य तालिका रहेको छ । राहत लिन आउने नागरिकले सोताङ गाउपालिकाको परिचय खुल्ने कुनैपनि सरकारी कागजातहरु नगरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचय पत्र, पासपोर्टको प्रतिलिपी अनिवार्य लिएर आउन सूचना जारी गरिएको छ । विद्यार्थीको हकमा भने शैक्षिक प्रमाणपत्रको प्रतिलिपीलाई मान्यता दिइने बताइएको छ ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार