भारत बन्यो कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित हुने चौथो देश

Facebook Debugger

काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) संक्रमित संख्याको आधारमा भारत विश्वको चौथो बढी प्रभावित देश बनेको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांकअनुसार भारतले बेलायतलाई पछि पार्दै चौथो बढी प्रभावित मुलुक बनेको हो ।

अहिलेसम्म बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ९२ हजार ८ सय ६० छ । तर भारतको स्वास्थ्य मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार भारतमा अहिलेसम्म २ लाख ९७ हजार ५ सय ३५ संक्रमित फेला परेका छन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ९ सय ५६ नयाँ संक्रमित थपिएका हुन् ।

साथै, भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ९८ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ३ सय ९६ जनाको मृत्यु भएको छ ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म कोरोना भाइरसका ९७ हजार ६ सय ४८ मा संक्रमण पुष्टि भएको छ भने ३ हजार ५ सय ९० जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ । त्यस्तै, तमिलनाडुमा अहिलेसम्म ३८ हजार ७ सय १६ संक्रमित फेला परेका छन् भने ३ सय ४९ जनाको मृत्यु भइसकेको छ ।

दिल्लीमा ३४ हजार ६ सय ८७ जना संक्रमित भेटिँदा एक हजार ८५ जनाको मृत्यु भइसकेको छ । गुजरातमा २२ हजार ३२ संक्रमित भेटिँदा १ हजार ३ सय ८५ जनाको मृत्यु भइसकेको छ ।

त्यस्तै, उत्तर प्रदेशमा अहिलेसम्म १२ हजार ८८ संक्रमित फेला परेका छन् भने ३ सय ४५ जनाको मृत्यु भएको छ । पश्चिम बंगालमा ९ हजार ७ सय ६८ संक्रमित भेटिएका छन् भने ४ सय ४२ जनाको मृत्यु भइसकेको छ । बिहारमा ५ हजार ९ सय ८३ संक्रमित फेला परेका छन् भने ३६ जनाको मृत्यु भइसकेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका १ लाख ४७ हजार १ सय ९५ संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार