कोभिड-१९ बारे सचेतनामूलक गीत सार्वजनिक

Facebook Debugger

भक्तपुर । कोरोना भाइरस कोभिड १९ ले विश्वमानव सभ्यतामाथि नै प्रश्न खडा गरिरहेको अवस्थामा उक्त महामारीबाट सचेत रहन,भक्तपुरका युवा गायक रोशन धौभडेलले,कोरोना भाइरस ९कोभिड(१९० बारे जनचेतनामूलक गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । भक्तपुरस्थित सिद्धि स्मृति प्रतिष्ठान तथा सिद्धि स्मृति महिला तथा बाल अस्पतालसँगको सहकार्यमा गायक धौभडेलले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सचेत रहौं, सजग बनौं, बोलको सो गीत भक्तपुरकै अनिल राजभण्डारीले लेखेका हुन् । गायक धौभडेलको स्वंम् संगीत भरेको उक्त गीतको एरेन्ज भने हेम लामाले गरेका हुन् । भक्तपुर स्थित कोरप्रिउ अडियो भिडियो मिल फ्याक्टोरीले प्रोडक्सनको काम गरेको हो । सो भिडिको छाँयाङ्कन तथा निर्देशन रिक्की कर्माचार्यले गरेका हुन् ।

सो गीतमा कोरोना भाइरस संक्रमण फैलिन नदिन आम नागरिकलाई सचेत र सजग हुन आह्वान गरिएको छ । अहिलेको महामारीको बेला एकापसमा सद्भाव बढाएर संक्रमणकै कारण नआँटिकन आत्मविश्वास बढाएर कोरोना भाइरसलाई जित्नुपर्ने सन्देश गीतमार्फत दिन खोजिएको छ ।

म्युजिक भिडियोमा कोरोना भाइरस संक्रमण नियन्त्रण तथा व्यवस्थापनको अग्रभागमा रहेरका काम गर्दै आएका चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुलाई फिचरिङ्ग गरिएको छ । जसमा सिद्धि स्मृति महिला तथा बाल अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीहरु र भक्तपुर जिल्लामा खतिएका सुरक्षाकर्मी हुन् ।

त्यस्तै भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधान, नेपाली सेनाको भक्तपुरको सूर्यविनायकस्थित वीरदल गणका गणपति प्रमुख सेनानी शिवप्रसाद पौडेल, सशस्त्र प्रहरी बलको गुहेश्वरी गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक विश्व भट्टराईलगायतलाई म्युजिक भिडियोमा समेटिएको छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार