सोताङ गाउँपालिकाद्धारा काठमाडौंमा रहेका ४३० परिवारलाई राहत वितरण

Facebook Debugger

काठमाण्डौ । सोलुखुम्बु जिल्लाको सोताङ गाउँपालिकाले काठमाण्डौं उपत्यकामा रहेका ४ सय ३० घरपरिवारलाई राहत वितरण गरेको छ । शुक्रबार गरिएको राहत वितरणसँगै उपत्यकामा अस्थायी रुपमा बसोबास गर्ने सोताङ बासीलाई राहत वितरणको कार्यक्रम सकिएको युवा संघका केन्द्रीय सदस्य भद्रगोल किरातीले बताए ।

उपत्यकामा अस्थायी रुपमा बस्दै आएका गाँउपालिका बासीलाई बिहीबार २ सय ६८ र शुक्रबार १ सय ६२ घरपरिवारलाई राहत वितरण गरेको हो । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्नको लागि सरकारले लामो समयसम्म गरेको लकडाउनको कारण उपत्यकामा अति समस्यामा परेका आफ्ना ५ वटै वडाका नागरिकलाई गाँउपालिकाले राहत वितरण गरेको केन्द्रीय सदस्य किरातीले बताए ।

गाँउपालिकाले प्रति परिवार १ बोरा चामल, ३ केजी दाल, १ केजी नुन र १ लिटर तेल राहत स्वरुप वितरण गरेको छ । गाउँपालिकाले उपत्यकास्थित कपन, गोकर्ण, नयाँबस्ती, मुलपानी, जोरपाटी र चावहिल लगायतका स्थानमा राहत वितरण गरेको थियो ।

त्यसैगरी शुक्रबार चक्रपथ, वनस्थली कलंकी, सातदेबाटो र भक्तपुर क्षेत्रमा राहत वितरण छ । राहतका लागि सोताङ गाउपालिकाको परिचय खुल्ने कुनैपनि सरकारी कागजातहरु नगरिकता, ड्राइभिङ लाइसेन्स, मतदाता परिचय पत्र, पासपोर्टको प्रतिलिपी अनिवार्य गरिएको थियो । विद्यार्थीको हकमा भने शैक्षिक प्रमाणपत्रको प्रतिलिपी भएकालाई राहत दिइएको थियो ।

 

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार