२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

दुई देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएपछि गुड्यो नेपाली रेल


१९ चैत्र २०७८, शनिबार  

0
Shares

जनकपुरधाम । बहुप्रतिक्षित नेपाली रेलको शनिबार उद्घाटन भएको छ । भारतको जयनगरबाट रेल गुडेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएपछि जयनगरबाट रेल कुर्थाका लागि प्रस्थान गरेको छ । दुवै प्रधानमन्त्रीले भारतको राजधानी दिल्लीस्थित हैदरावाद हाउसबाट भर्चुअल माध्यमले हरियो झण्डा देखाएका हुन् ।

उद्घाटनअघि रेललाई फूल लगाएर दुलही झैं सिंगारिएको थियो ।

जगनगरबाट कुर्था हिँडेको रेल घुमेर जनकपुरधाम स्टेशनमा आएपछि यहाँ औपचारिक उद्घाटन कार्यक्रम हुनेछ । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव र मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसहितकाले सम्बोधन गर्नेछन् ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार  ७ : ५९ बजे