३ महिनादेखि सोलुखुम्बुको लुक्लामा अड्किएको एउटा विदेशी परिवार !

Facebook Debugger

बीबीसी । विश्व भ्रमण गर्ने योजनामा रहेको स्कटल्यान्डको एउटा परिवारले नेपालको लकडाउनमा तीन महिना बिताएको छ ।

क्रिस र जुली स्मिथ आफ्ना बच्चाहरू ९ वर्षीया इरिन र ४ वर्षीय ज्याकोबलाई लिएर गत वर्ष जूनमा विश्व भ्रमण गर्ने योजनामा स्कटल्यान्डको एबरडीन सहरबाट हिँडेका थिए ।

तर मार्चमा कोरोनाभाइरसको कारण लकडाउन हुन थाल्यो । र स्मिथ परिवार नेपालको लुक्लाका अड्किए ।

नेपाल आउनु अगाडि उनीहरू भारत, जोर्डन, अल्बानिया, सर्बिया र हङ्गेरी पुगेका थिए ।

अहिले स्मिथ परिवार लु्क्का विमानस्थलसँगै रहेको होटलमा बसिरहेका छन् ।

‘हामीले बच्चाहरूसँगै विश्व भ्रमण गर्ने योजनामा १२ महिना अगाडि स्कटल्यान्ड छोडेका थियौँ,’ ४१ वर्षीय क्रिस स्मिथले बीबीसी स्कटल्यान्डको द नाइनसँग भने ।

‘यो हाम्रो उन्नाइसौँ देश हो र हामी यहाँ तीन महिना अगाडि आइपुगेका थियौँ । हामी अहिले अब के हुन्छ भनेर कुरिरहेका छौँ ।’

उनले लुक्लामा भएको सुविधालाई आधारभूत भएको बताउँदै त्यसमा जिउन अलिकति सङ्घर्ष भएको बताए ।

‘हामीसँग राति तातो बनाउनको लागि एउटा मात्रै हिटर छ,’ उनले भने ।

‘सुरक्षित स्थानमा छौँ’

‘तर हामी सुरक्षित स्थानमा छौँ र बच्चाहरूका लागि खेल्न धेरै ठाउँ छ। त्यसैले हामी खुशी नै छौँ तर सकेसम्म छिटो यात्रालाई निरन्तरता दिन चाहन्छौँ ।’

ज्याकोबले आफ्नो चौथो जन्मदिन नेपालमै दिदी र बाबुआमासँग मनाए ।

‘हामीले सात दिनको पदयात्रा गरेका थियौँ र त्यसपछि लकडाउन आयो,’ ४६ वर्षीय जुली स्मिथले भनिन् ।

‘हामी सुन्दर स्थानमा छौँ र हामी भाग्यशाली महसुस गरिरहेका छौँ । हाम्रो टाउकोमाथि छाना छ र दिनमा तीन पटक खाना छ त्यसैले हामी भाग्यशाली छौँ । बच्चाहरू खुशी छन् जसले हामीलाई पनि खुशी बनाएको छ ।’

उनका अनुसार उनीहरू होटलकै चौरमा दिन बिताउँछन् किनभने त्यहाँबाट बाहिर जान लकडाउन छ ।

नेपाल बस्ने निर्णय

‘जब हामीले लकडाउनका बारेमा सुन्यौँ हामीले नेपालमै बस्ने निर्णय गर्यौँ,’ उनले भनिन् ।

‘त्यो बेला स्कटल्यान्डमा सङ्क्रमण बढिरहेको थियो र हामीलाई बच्चाहरूलाई विमानमा चढाउन मन लागेन ।’

‘लकडाउन अन्त्य भएपछि हामी यात्रा गर्न चाहन्छौँ तर हामीले कहाँ जाने भन्ने कुराको निर्णय गर्नु छ । हामी स्कटल्यान्ड पनि आउन सक्छौँ तर हामी जहाँ गए पनि बच्चाहरू सुरक्षित हुन भन्ने निश्चित गर्न चाहन्छौँ ।’

स्मिथ परिवारले श्रीलङ्का र भियतनाम यात्राको योजना बनाइरहेका छन् र सम्भव भएमा सगरमाथा आधार शिविरसम्म जाने इच्छा गरेका छन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार