लिखुपिके गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई कार्यकक्षमै दुर्व्यवहार !

Facebook Debugger

सोलुखुम्बु । नेपाली कांग्रेसका शुभराम बस्नेतलगायतले लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई कार्यकक्षमै दुर्व्यवहार गरेका छन् ।

सडक उपभोक्ता समितिमा सबैलाई समेट्नु पर्ने भन्दै भएको सामान्य विवादपछि बस्नेतले गाउँपालिका अध्यक्ष र उपाध्यक्षलाई कार्यकक्षमै दुव्र्यवहार गरेका हुन् । दुव्र्यवहार गर्ने शुभराम बस्नेत, सरोज बस्नेत र टिकाराम खड्कालाई प्रहरीले गिरफ्तार गरिसकेको गाउँपालिका अध्यक्ष बस्नेतले बताए ।

‘हामी वडा नं. ३ मा दोस्रो चरणको राहत वितरण गरी आफ्नै कार्यकक्षमा छलफल गर्दै थियौं । साथीहरु आएर सडक उपभोक्ता समितिको विषयमा विवाद गर्न थाल्नु भयो,’ अध्यक्ष बस्नेतले भने, ‘हामीले कानूनी रुपमै उपभोक्ता समिति गठन गरी काम शुरु गरेका हौं भनेर भन्न साथ साथीहरु एक्कासी झम्टिनु भयो ।’

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार