‘जनप्रनिधिमाथी भएको आक्रमण नियोजित र श्रृंखलाबद्ध’ : नेकपा सोलु !

Facebook Debugger

सोलुखुम्बु । लिखुपिके गाउँपालिका अध्यक्ष डम्बरबहादुर बस्नेत र उपाध्यक्ष प्रमिला बस्नेतलाई कार्यकक्षमै भएको दुर्व्यवहारप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बुले नियोजित र श्रृंखलाबद्ध आक्रमण भएको बताएको छ ।

नेकपा सोलुका अध्यक्ष मानवीर राई र सचिव गोम्बु शेर्पा ‘कञ्र्याङ’द्धारा हस्ताक्षरित विज्ञप्ती जारी गर्दै आइतबार लिखुपिके गाउँपालिका अध्यक्ष र उपाध्यक्षको कार्यकक्षामै भएको आक्रमणको गम्भिर ध्यानाकर्षण भएको बताएका हुन् । ‘अध्यक्ष र उपाध्यक्ष गाउँपालिकाको आन्तरिक छलफलमा बसिरहेको बेला अकस्मात नेपाली कांग्रेसबाट संरक्षित गुण्डाहरुको जत्थाद्धारा जनप्रतिनिधीहरुमाथि भएको भौतिक आक्रमण तथा हातपातप्रति हाम्रो पार्टीको गम्भिर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘पछिल्लो समयमा नेपाली कांग्रेस र कांग्रेस संरक्षित गुण्डाहरुद्धारा हाम्रा पार्टीका जनप्रतिनिधीहरु माथि नियोजित र श्रृंखलाबद्ध आक्रमणका घटनाप्रति घोर निन्दा र भत्र्सना गर्दछौं ।’

‘गत जेठ २७ गते सोलु दुधकुण्ड नगरपालिकाको उपमेयर माथिको हमला लगत्तै आज यो घटना पुनः दोहोरिनुले घटना आकस्मिक नभै सम्बन्धित पक्षबाट योजनाबद्ध ढंगले अमर्यादित, अलोकतान्त्रिक र फरक राजनीतिक आस्था हुनेहरुमाथि भौतिक आक्रमण गराउने र चरम निषेध गर्ने गराउने विगत देखिकै घटना लगायतको निरन्तरता हो भन्ने हाम्रो पार्टीको स्पष्ट बुझाई छ,’ विज्ञप्तीमा भनिएको छ, ‘आक्रमण गर्ने र गराउनेलाई तुरुन्त पक्राउ गरी गम्भिर अनुसन्धान गर्न र दोषीहरुमाथि हदैसम्मको कानूनी कार्वाही गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछौं ।’

सडक उपभोक्ता समितिको विषयमा सामान्य विवादपछि शुभराम बस्नेत लगायतका टोलीले अध्यक्ष र उपाध्यक्ष माथि दुर्व्यवहार गरेका थिए । दुव्र्यवहारमा संलग्न शुभराम बस्नेत, सरोज बस्नेत र टिकाराम खड्कालाई प्रहरीले गिरफ्तार गरिसके छ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार