सोताङ गाउँपालिकाले काठमाडौंमा वितरण गरेको राहतप्रति कांग्रेसको असन्तुष्टि

Facebook Debugger

सोलुखुम्बु । सोताङ गाउँपालिकाले लकडाउनका कारण समस्यामा परेका काठमाडौंमा गाउँपालिकाबासीलाई राहत बाडेकोमा नेपाली कांग्रेस सोताङ गाउँपालिकाले विरोध गरेको छ ।

आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सोताङ कांग्रेसले केहि दिनअघि गाउँपालिकाले काठमाडौंमा अस्थायी रुपमा बसोबास गरिरहेका सोताङबासीलाई वितरण गरेको राहतमा आफ्ना पार्टीको कार्यकर्ता मात्र खटाएको आरोप लगाएको हो । ‘स्थानीय जनप्रतिनिधी सबैको हुनुपर्नेमा आफ्ना पार्टीका कार्यकर्तालाई मात्रै राहत वितरण कार्यमा संलग्न गर्नुले राहतमा पक्षपात भएको सहजै अनुमान लगाउन सकिन्छ,’ विज्ञप्तीमा उल्लेख गरिएको छ, ‘यसरी एकतर्फि रुपमा वितरण गरिएको राहतमा चरम भ्रष्टाचार र अनियमितताको प्रश्न आम नागरिकबाट आइरहेको छ ।’

नेपाली कांग्रेस सोताङ गाउँपालिकाका सचिव बलुकुवीर नाछिरिङ र सह–सचिव सूर्यबहादुर कार्कीद्धारा जारी विज्ञप्तीमा स्थानीय सरकारले प्राप्त गर्ने पूँजीगत खर्च एवं संघ र प्रदेश मार्फत सञ्चालन हुने विकास निर्माणका कार्यहरुमा गठन गरिने उपभोक्ता समितिहरु समेत सरोकारवाला र आम उपभोक्ताहरुलाई जानकारी नगराई रातारात गोप्य रुपमा लुकीछिपी राजनैतिक आस्थाका आधारमा आफ्ना नजिकका व्यक्तिहरुको हस्ताक्षर संकलन गरी गठन गर्ने गरिएको आरोप लगाइएको छ ।

गाउँपालिकाले अस्थायी रुपमा काठमाडौंमा बसोबास गरिरहेका आफ्ना नागरिकलाई जेठ २९ र ३० गते उपत्यकाका विभिन्न स्थानमा गई ४ सय ३० घरपरिवारलाई राहत वितरण गरेको थियो ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार