खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको निधन !

Facebook Debugger

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष ङिमदोर्जी शेर्पाको आज विहान साँढे ८ बजे निधन भएको छ ।

विगत १ वर्षदेखि क्यान्सर रोगबाट पिडित अध्यक्ष शेर्पाको ३९ वर्षको अल्पायुमै आफ्नै निवास लुक्लाबजारमा निधन भएको हो । केहि महिना भारतमा उपचार गराएका शेर्पाले पछिल्लो समय नेपालमै उपचार गराएका थिए । उनको स्वास्थ्यमा सुधार नभएपछि केहि महिना अगाडि लुक्लास्थित आफ्नै निवास लगिएको थियो ।

आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधाराेन्मुख नभएपछि चिकित्सककाे सल्लाहमा गाउँ नै फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

उनी तत्कालिन नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार