८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

सोलुका राजनीतिक दलका नेता कार्यकर्ताले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने



सोलुखुम्बु । सोलुुखुम्बुमा क्रियाशिल राजनितिक दलका नेता र कार्यकर्ताहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने सहमत भएका छन् । जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले आईतबार सल्लेरीमा आयोजना गरेको निर्वाचन आचारसंहिता कार्यन्वयन विषयक छलफलमा जिल्ला स्थित राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुले सहमती जनाएका हुन् ।

आयोगले तोकेको निर्वाचन आचारसंहितालाई पूर्ण रुपमा पालना गरि सफल रुपमा निर्वाचन सम्पन्न गराउनमा सहयोग गर्ने भन्दै उनीहरुले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । जसका लागि सुरक्षाकर्मी र प्रशासनका प्रमुखले तटस्थ भूमिकामा काम गर्ने प्रहरी प्रमुखले बताए । सफल रुपमा निर्वाचन सम्पन्न गराउन सबैको भूमिका उत्तिकै महत्वपूर्ण हुने भएकाले प्रहरी, प्रशासन प्रमुख त्यसमा प्रतिबद्ध रहेको प्रमुख जिल्ला अधिकारी अनिल खनालले बताए ।

उम्मेद्वार, मतदाता लगायतलाई सुरक्षा दिन प्रहरी सधै चनाखो रहेको प्रहरी नायब उपरीक्षक सुनिल जंग शाहले बताए । सल्लेरी स्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा जिल्लामा क्रियाशिल राजनितिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : २८ चैत्र २०७८, सोमबार  २ : ०२ बजे