लिलामीमा नग्न तस्वीर !

Facebook Debugger

एन्जेलिना जोली र जेनिफर एनिस्टन दुवैलाई जोड्ने कडी हुन्, ब्राड पिट । ब्राडले जेनिफरसँगको विवाह भाँचेर एन्जेलिनासँग विवाह गरेका थिए । तर, दुवैसँग उनको विवाह टिकेन ।

यसबाहेक एन्जेलिना र जेनिफर दुवै समाजसेवामा रुचि राख्छन् । एन्जेलिनाले भर्खरै मात्र कोरोनाविरुद्ध लड्ने संस्थालाई ठूलो रकम दान गरेकी छिन् । यता जेनिफरले पनि कोरोना रिलिफ फन्डका लागि सहयोग गर्ने घोषणा गरेकी छिन् । तर, उनले यसका लागि अलि लामो बाटो छानेकी छिन् । उनले पैसा जम्मा गर्न नांगो फोटो लिलामी गर्ने घोषणा गरेकी छिन् ।

आजभन्दा २५ वर्षअघि जेनिफरले न्युड फोटो खिचाएकी थिइन् । खुट्टा बटारेर लाज ढाकेको यो फोटोले उसबेला तहल्का मच्चाएको थियो । अहिले सोही फोटो जेनिफरले लिलामीमा राख्ने र त्यसबाट आएको सबै पैसा कोरोना फन्डमा जम्मा गर्ने घोषणा गरेकी हुन् ।

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार