८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

समिट एयरको जहाज दुर्घटनाबाट जोगियो, काठमाडौंमा सुरक्षित अवतरण


४ बैशाख २०७९, आइतबार  

1.1k
Shares

काठमाडौं । समिट एयरको डोनिएर जहाज दुर्घटनाबाट जोगिएको छ । काठमाडौंबाट तेञ्जिङ हिलारी विमानस्थल लुक्ला उडेको समिट एयरको जहाज एउटा इन्जिन फेल भएपछि पुनः काठमाडौंमै फर्काएर सुरक्षित अवतरण गरिएको हो ।

फाईल तस्वीर ।

काठमाडौंबाट आइतबार बिहान ११ बजेर ४७ मिनेटमा एसएमए ४०७ उडान नम्बरको जहाज लुक्ला उडेको थियो । उडानकै क्रममा जहाजको बायाँतर्फको इन्जिन फेल भएपछि जहाज काठमाडौं डाइभर्ट गरिएको थियो । १५ यात्रु र ३ चालक दलका सदस्य सवार जहाजलाई काठमाडौंमा आपतकालीन अवतरण गराइएको विमानस्थल स्रोतले जनाएको छ ।

सो क्रममा विमानस्थल करिब १० मिनेट बन्द गरिएको थियो । विमानस्थल स्रोतका अनुसार विमानमा सवार सबै यात्रु र चालक दलका सदस्य सुरक्षित छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ११ बजे