भानुभक्तले हिमाल एफ.एम.लाई भड्खालोमा हाल्दै, ३५ लाख बढी कर नतिरेको खुलासा

सेयरधनीको लगानी डुब्ने खतरा

Facebook Debugger

सोलुखुम्बु । नेपाल टेलिकमको टावरमा अनधिकृत उपकरण जडान गर्ने, हावाहुरीले लडाएको टावरमा स्थानीयलाई फसाएर मोटो रकम असुल्न खोज्ने जस्ता अनैतिक धन्दामा सक्रिय भानुभक्त निरौलाले हिमाल एफ.एम.लाई डुबाएर आफ्नो निजी कम्पनीलाई मलजल गर्न थालेको खुलासा भएको छ । आन्तरिक राजश्व कार्यालयमा अनिवार्य तिर्नुपर्ने मूल्य अभिबृद्धि कर र आयकर समेत समयमा नतिरेर निज निरौलाले हिमाल एफ.एम.लाई आर्थिक भड्खालोमा हालेका हुन् । हिमाल एफ.एम.को सञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडले गत आर्थिक बर्ष २०७५/०७६ को मूल्य अभिबृद्धि कर बापतको २९ लाख ५२ हजार ७३३ रुपैयाँ र आयकर बापतको ५ लाख ९६ हजार ४ सय ६९ रुपैयाँ गरी जम्मा ३५ लाख ४९ हजार २०२ रुपैयाँ अहिलेसम्म तिरेको छैन ।

सञ्चालक समितिले प्रशासनिक तथा आर्थिक सबै जिम्मेवारी एफ.एम. प्रमुख भानुभक्त निरौलालाई सुम्पे पनि रेडियोले कर कार्यालयमा तिर्नुपर्ने रकम आफ्नै भानुभक्त प्राइभेट कम्पनीमा लगानी गरेर रेडियोलाई धरासायी बनाएका हुन् । आन्तरिक राजश्व कार्यालय लहानका अनुसार उल्लेखित कर गत २०७६ पुससम्मको मात्र हो । पुस यताको विवरण थप्न बाँकी रहेको र हालसम्मको आर्थिक विवरण अद्यावधिक गर्दा ५० लाख हाराहारीमा पुग्न सक्छ ।

निरौलाले हिमाली सञ्चार लिमिटेडलाई आफ्नै निजी कम्पनी जसरी स्वेच्छाचारी तरिकाले चलाउन थालेपछि सेयरधनीको लगानी डुब्ने जोखिम बढेको छ । लिमिटेडमा हालसम्म सवा २ करोड चुक्तापूँजी रहेको छ ।

रेडियोको तर्फबाट तिर्नुपर्ने करको सवालमा निरौला जिम्मेवार हुने हिमाली सञ्चार लिमिटेड सञ्चालक समितिका एक सदस्यले बताए । ‘रेडियोको सबै जिम्मेवारी प्रमुखको हैसियतले सबै उसैले गर्छन्, हामी आ आफ्नै काममा क्रियाशील छौं, हामीले त साधारण सभामा लेखापरीक्षण प्रतिवेदन हेरेर चित्त नबुझे प्रश्न उठाउने हो, रेडियोको आर्थिक एवं प्रशासनिक काममा उही जिम्मेवार हुन्छन्’ ती सदस्यले बताए । ती सदस्यका अनुसार रेडियोको रकम निरौलाले आफ्नै निजी कम्पनीहरुमा लगानी गरेका छन् ।

निरौलाको लगानी रहेका कम्पनीहरुः

निरौलाले हिमाल एफ.एम.ले तिर्नुपर्ने मूल्य अभिबृद्धि कर (भ्याट) र आयकर समेत नबुझाई आफ्नै कम्पनीमा लगानी गरेका छन् । उक्त रकमले समेत अपुग भएपछि उनले रातारात नेपाल टेलिकमको टावर अनधिकृत रुपमा इन्टरनेटका उपकरणहरु जडान गरेका थिए । ती उपकरणहरु अझैसम्म यथावत छन् ।

१. नुम्बुर नेटवर्क प्रा.लि. : वेभसर्फर मुख्य इन्टरनेट सेवा प्रदायक कम्पनीसँगको सहकार्यमा खोटाङ र सोलुखुम्बुको केही भागमा इन्टरनेट सञ्चालन गरिरहेको ।

२. सुमेरु मिडिया प्रा.लि. : सुमेरु न्यूज डट कम नामक अनलाइन सञ्चालन गरिरहेको छ । उक्त अनलाइन समेत गैरकानुनी तरिकाले सञ्चालन गरिरहेको छ । अनलाइन न्यूज पोर्टल सञ्चालन गर्न सूचना तथा प्रसारण विभागमा दर्ता गर्नुपर्ने कानुनी प्रावधान भएपनि उक्त न्यूज पोर्टल अहिलेसम्म दर्ता नगरी सञ्चालन गरिरहेको छ ।

३. सगरमाथा कृषि तथा फलफूल उत्पादन केन्द्र : यो झोलाबाट सञ्चालित निरौलाको कृषि फर्म हो । कृषि क्षेत्रमा आउने अनुदान तथा अन्य कृषि सहुलियतहरु हडप्नका लागि निरौलाले २०७१ सालमा उक्त फर्म स्थापना गरेका थिए ।

४. निर्माण कम्पनी : निरौलाकै हालीमुहाली एक निर्माण कम्पनी समेत रहेको छ । तर उक्त कम्पनी उनका दिदी मातृका निरौला र भिनाजुको नाममा दर्ता गरिएको छ । तर कम्पनी मातहतमा रहेको एउटा डोजर भने निरौलाकै नाममा रहेको स्रोतको दाबी छ ।

आयकर दाखिला नगर्नेलाई तीन महिनासम्म कैद हुने :

आयकर ऐन २०५८ ले मनासिव माफिकको कारण बिना कर दाखिला गर्नुपर्ने निर्धारित समयसम्म कर दाखिला नगर्ने व्यक्तिलाई पाँच हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिवाना वा एक महिनादेखि तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था गरेको छ । हिमाल एफ.एम.को सञ्चालक संस्था हिमाली सञ्चार लिमिटेडले आयकर बापतको ५,९६,४६९ रुपैयाँ तिर्न बाँकी छ ।

 

कर नतिरे चल अचल सम्पक्तिबाट असुल गर्ने :

करदाताले समयमा कर नबुझाए, अटेर गरे वा आर्थिक रुपमा टाट पल्टेर तिर्न नसके सम्बन्धित कर कार्यालयले निम्न उपाय अपनाएर कर असुल्न सक्ने मूल्य अभिवृद्धि कर ऐन २०५२ ले व्यवस्था गरेको छ ।

ऐनको दफा २१ उपदफा १ मा भनिएको छ ‘यस ऐन बमोजिमको म्यादभित्र बुझाउनुपर्ने कर कुनै करदाताले नबुझाएमा महानिर्देशकको पूर्व स्वीकृति लिई सम्बन्धित कर अधिकृतले देहायका कुनै वा सबै तरिका अपनाई कर असुल गर्न सक्नेछ :

क) करदातालाई फिर्ता गर्नुपर्ने रकम भए त्यसमा कट्टा गरेर ।

ख) करदाताको चल तथा अचल सम्पक्ति कब्जा गरेर ।

ग) करदाताको सम्पूर्ण वा केही सम्पक्ति एकै पटक वा पटक पटक गरी तोकिए बमोजिम लिलाम विक्री गरेर ।

घ) बैंक तथा अन्य वित्तिय संस्थामा रहेको करदाताको रकमबाट कट्टा गर्न लगाएर ।

 

थप दस्तुरै दस्तुर लाग्ने :

करदाताले प्रत्येक कर अवधिको कर सो अवधि समाप्त भएको मितिले २५ दिनभित्र बुझाउनुपर्ने प्रावधान छ । करदाताले २५ दिनभित्र बुझाउनुपर्ने कर नबुझाएमा त्यस्तो म्याद नाघेको महिना पछिको महिनाको मसान्तसम्म त्यस्तो बाँकी कर रकममा पाँच प्रतिशत थप दस्तुर बुझाउनुपर्छ ।

मूल्य अभिबृद्धि कर ऐन २०५२ को दफा १९ को उपदफा ३ मा करदाताले म्याद नाघेको महिना दिनभित्र पनि बुझाउनुपर्ने कर नबुझाएमा निजले त्यस बखतसम्म बुझाउनुपर्ने करको रकमको अतिरिक्त पाँच प्रतिशत थप दस्तुर बुझाउनुपर्ने प्रावधान छ ।

यो पनि पढ्नुहोस् ।

 

फ्याक्ट चेक : हावाहुरीले लडाएको टावरबाट एफ.एम. प्रमुखले २ लाख ४० हजार लिन खोजेको वास्तविकता यस्तो रहेछ !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण : रिपोर्टरलाई धम्की दिएर समाचार हटाउन लगाएको पुिष्ट  !

 

एफ.एम. प्रमुखको २ लाख ४० हजार प्रकरण :  विज्ञप्तीले उब्जाएको ६ प्रश्न ?

 

भानुभक्त निरौलाको अर्को कर्तुत : रेडियो उपकरणको भुत्तानीमा बेइमानी  !

 

हिमाल एफ.एम.प्रकरण : ‘उनी हात मिलाउन आए, मैले छाती समाते’

 

‘अनि यसरी रोडमै र्पुयायो भानुभक्तको जमातले मलाई’

 

हिमाल एफ.एम. प्रमुखको कर्तुत छताछुल्ल : स्थानीयसँग ६० हजारको डिल, बीमा कम्पनीमा ५० हजारको बील !

बिनालाई रेडियोमा नराख्दा भानुभक्त फन्केर हिडेको त्यो दिन…

 

भानुभक्त निरौलाको कर्तुत ३ : सरकारी सम्पत्तिमा रजाँई !

 

टेलिकम टावर काण्ड : भानुभक्तको नुम्बुर नेटवर्कले ७ ठाउँमा दुरुपयोग गरेको खुलासा !

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार