८ माघ २०८२, बिहिबार | Fri Jan 23 2026

स्थानीय निर्वाचन २०७९ : नेचासल्यानबाट माओवादी केन्द्रका ४ जनाको नाम सिफारिस

कसको होला पल्लाभारी ?



सोलुखुम्बु । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि माओवादी केन्द्रबाट नेचासल्यान गाउँपालिकाको अध्यक्षका उम्मेदवार ४ जना नेताको नाम सिफारिस गरेको छ ।

मंगलबार बसेको नेकपा माओबादी केन्द्र नेचासल्यानको बैठकले अध्यक्ष पदका उम्मेदवार बन्न ४ आकांक्षिको नाम प्रदेश १ कमिटीलाई सिफारिस गरेको हो । लामो समयसम्म छलफल गर्दा पनि सर्वसहमत नभएपछि आकांक्षीहरुको नाम माथिल्लो कमिटिमा पठाइएको नेचासल्यान गाउँपालिका कमिटिका अध्यक्ष सिताराम भट्टराईले बताए ।

माओवादी केन्द्रबाट नेचासल्यान गाउँपालिका अध्यक्षमा केशरबहादुर राई, अनिल राई, रामेश्वरसिंह कार्की र भुपेन्द्र कट्टेलको नाम सिफारिस गरिएको पालिका कमिटी अध्यक्ष भट्टराईले बताए ।

कसको होला पल्लाभारी ?

सिफारिस भएका ४ उम्मेदवारमध्ये सबैभन्दा बलियो उम्मेदवार केशरबहादुर राईलाई हेरिएको छ । यदि केशर राईलाई छोड्ने हो भने अनिल राई बलियो उम्मेदवारको रुपमा हेरिएको छ ।

आउने स्थानीय तहको निर्वाचनमा यूवाहरुको सहभागीता बारे छलफल भैरहेका बेला यूवा नेता भुपेन्द्र कट्टेलको पनि उत्तिकै सम्भावना रहेको छ । उता रामेश्वरसिंह कार्की यी ३ उम्मेदवारमध्ये सबैभन्दा कमजोर भएको एक स्थानीय नेताले बताए । उनी लामो समय माओवादी राजनीतिमा रहे पनि विभिन्न निर्वाचनमा पार्टीलाई नसघाएको आरोप लागेको थियो । त्यसैले पनि कार्की अन्य ३ जना आकांक्षीभन्दा कमजोर भएको बताए ।

यसैबीच नेकपा एमालेले जिल्ला अध्यक्ष तथा गाउँपालिका अध्यक्ष समेत रहेका डुफकुमार बास्तोलालाई सर्वसहमत रुपमा अध्यक्षको उम्मेदवारी बनाएको छ । नेपाली कांग्रेस भने आन्तरिक छलफलमै रहेको एक नेताले बताए ।

प्रकाशित मिति : ६ बैशाख २०७९, मंगलबार  ३ : २९ बजे