दुबईबाट नेपाल फर्किएका १०१ जना महिलामध्ये ९४ जना गर्भवती !

Facebook Debugger

काठमाडौं । दुबईबाट नेपाल फर्किएका १ सय ४८ जना नेपालीमध्ये १ सय १ जना महिला छन् । नेपाल एयरलाइन्सको आरए २२९२ नम्बरको न्यारोबोडी जहाजबाट नेपालीहरु यूएईबाट पहिलो चार्टड बिमानमा नेपाल फर्किएका हुन् ।

यूएईबाट फर्किएका सबै जना दूतावासको फारम भरेर प्राथमिकतामा परेका नागरिक हुन् । यूएईमा रहेको नेपाली दूतावासको अनुसार आज फर्किनेमध्ये एक सय १ जना महिला र ४७ जना पुरुष रहेका छन् । त्यस्तै एक सय १ जना महिलामध्ये ९४ जना भने गर्भवती रहेको दूतावासले जनाएको छ ।

उडानमा १० जना विभिन्न रोगका कारण बिरामी छन् भने १० जना रोजगारदाता भागेपछि अलपत्र नेपाली श्रमिक रहेका दूतावासले जनाएको छ ।

फर्किनेमध्ये ३ जना जेष्ठ नागरिकसमेत रहेका छन् । गर्भवतीमध्ये २७ जनाका श्रीमान् पनि साथमै नेपाल फर्किएका छन् भने बाँकी यूएईमै कार्यरत रहेको र भिजिट भिसामा श्रीमान् भेट्न यूएई पुगेकाहरु हुन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार