२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

गठबन्धनबाट उपमेयर काठमाडौं महानगरमा


७ बैशाख २०७९, बुधबार  

7
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनमा काठमाडौं महानगरमा मेयर नेपाली कांग्रेसले र उपमेयर नेकपा एकीकृत समाजवादीले लिने गरी भागबण्डा टुंगिएपछि अब उपमेयरको उम्मेद्‍वार को होला भन्ने चासो बढेको छ ।

एकीकृत समाजवादीबाट उपमेयरका लागि ईश्वरमान डंगोल, शुद्ध डंगोल, रामेश्वर श्रेष्ठ, रन्जना मास्के र सिता श्रेष्ठको नाम चर्चा छ । एकीकृत समाजवादीका काठमाडौं जिल्ला इन्चार्ज वसन्त मानन्धरले कसलाई बनाउने भनेर निर्णय नभएको र एकरदुई दिनमा निर्णय गरेर प्रदेश समितिलाई पठाउने बताए ।

एकीकृत समाजवादीले लैंगिक समानतालाई समेत ख्याल गर्दै कांग्रेसले प्रमुखमा महिला सिफारिस गरे पुरुष र पुरुष सिफारिस गरे महिलालाई उम्मेदवार बनाउने छ। कांग्रेसले महानगर प्रमुखमा सृजना सिंहलाई सिफारिस गर्ने तयारी गरेको छ । त्यसो भएको खण्डमा एकीकृत समाजवादीले चर्चामा रहेका नाममध्येबाट पुरुष उम्मेदवार पठाउने मानन्धरले जानकारी दिए ।

ईश्वरमान डंगोल हाल महानगरका प्रवक्ता र वडा नं। १५ का अध्यक्ष हुन । उनी दुई पटक वडाध्यक्ष भइसकेका छन् । शुद्ध डंगोल वडा नं। ७ को वडाध्यक्ष हुन् । त्यस्तै रामेश्वर श्रेष्ठ एकीकृत समाजवादीको महानगर कमिटी अध्यक्ष हुन । रन्जना मास्के एक पटक तत्कालीन वडा नं। ३१ को वडासदस्य भएकी छिन् । सिता श्रेष्ठसँग भने जनप्रतिनिधि भएको अनुभव छैन् ।

 

प्रकाशित मिति : ७ बैशाख २०७९, बुधबार  ९ : ४५ बजे