कोरोनालाई जितिन् नायिका निरिषाले

Facebook Debugger

काठमाडौं । नायिका निरिषा बस्नेत कोरोना संक्रमणबाट मुक्त भएकी छिन् । निरिषाका पिता नायक विश्व बस्नेतले कोरोना संक्रमणबाट मुक्त भएको बताएका छन् ।

केही दिन अगाडि कोरोना संक्रमित भएपछि निरिषा मुम्बइको एक अस्पतालमा भर्ना भएकी थिइन् ।

उनले, सामाजिक संजालबाट आफूलाई कोरोना भएको जानकारी गराएकी थिइन् । नायक विश्व बस्नेतले निरिषा कोरोनाबाट मुक्त भएको र क्वारेन्टाइनबाट फर्किएको जानकारी दिदै शुभेच्छुक सबैलाई धन्यवाद दिएका छन् ।

नेपाली चलचित्र ‘जानी नजानी’मा अभिनय गरेकी यी सुन्दरी मुम्बइमा रहेर मोडलिङ गरिरहेकी छिन् । उनले केही भारतीय सिरियलमा पनि अभिनय गरेकी छिन् ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार