२५ फाल्गुन २०८२, सोमबार | Mon Mar 9 2026

कांग्रेस जनकपुरका सभापतिसहितका स्थानीय नेताले दिए राजीनामा


९ बैशाख २०७९, शुक्रबार  

0
Shares

जनकपुरधाम । नेपाली कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाका सभापतिसहितका नेताहरुले पार्टी परित्याग गरेका छन् ।

शुक्रबार पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टी मजबुत हुँदाहुँदै पनि जनता समाजवादी पार्टी ९जसपा० लाई मेयर बनाउने निर्णय गरेको भन्दै उनीहरुले पार्टी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीका नगर सभापति मनोज साहले आफूसहित १५० जनाभन्दा बढीले पार्टी छाडेको दाबी गरे । अब स्वतन्त्र रुपमा मेयरमा उम्मेदवरी दिने साहले बताए ।

पत्रकार सम्मेलनमा साहले साधारण सदस्य समेत नरहने गरी कांग्रेस परित्याग गरेको बताए । पटक–पटक पार्टी नेतृत्वको ध्यानाकर्षण गराउँदा पनि आफूहरुको मागको कुनै सुनुवाइ नभएपछि आफूहरुले पार्टी परित्याग गर्नु परेको उनको भनाइ छ ।

प्रकाशित मिति : ९ बैशाख २०७९, शुक्रबार  १० : २० बजे