लोकमानलाई विधि र प्रक्रियाबाट हटाउन चाहन्छौं ः नेता बडू

0 Shares

सिन्धुली, १० कात्तिक । नेपाली काँग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई विधि र प्रक्रियाबाट हटाइने बताउनुभएको छ ।

नेपाली काँग्रेस सिन्धुलीद्वारा आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – ‘‘कार्कीविरुद्धको महाभियोग प्रस्तावका सम्बन्धमा काँग्रेस अरु दल झंै हतारमा तत्काल निर्णय नगर्ने तर विधि र प्रक्रियाबाट उनलाई हटाउने पक्षमा रहेको छ ।’’

नेता बडूले काँग्रेसले अहिलेसम्म आधिकारीक निर्णय गरेन भनेर आलोचना गर्नुभन्दा पनि लोकतान्त्रिक विधि र प्रक्रियाका बारेमा ख्याल गर्न सबैसँग आग्रह गर्दै हतारमा निर्णय गरेर पछि पछुताउने पक्षमा काँग्रेस नभएकाले आवश्यक विधि र प्रक्रियामार्फत कार्की स्वतः हट्ने बताउनुभयो ।

संविधान संशोधनमार्फत प्रदेशको सीमाङकन हेरफेर हुनसक्ने धारणा राख्दै उहाँले भन्नुभयो– ‘‘संविधान संसोधनमार्फत जनसङ्ख्याका आधारमा क्षेत्र निर्धारण र प्रदेशको सीमाङ्कन सम्भव हुन सक्छ ।’’

नेता बडूले मुलुकभर काँग्रेसले एक हजारको हाराहारीमा गाउँपालिका बनाउनुपर्ने धारणा अघि सार्दै आएको बताउँदै सबैको सहमति जुटाउनका लागि काँग्रेसले यो प्रस्ताव राखेको विचार व्यक्त गर्नुभयो । रासस

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार